
गौशाला, ६ वैशाख । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले आफ्नो हकअधिकार प्राप्तिका लागि मधेसी नेताले सत्ता र भत्ताको राजनीति त्याग गर्नुपर्ने बताउनुभएको छ ।
महोत्तरीको जलेश्वरमा आज नयाँ शक्ति नेपाल महोत्तरीले आयोजना गरेको मधेस स्वाभिमान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री भट्टराईले सत्ता र भत्ता नछाड्ने र आन्दोलन पनि गर्ने दोहोरो चरित्रका कारण मधेस आन्दोलन उपलब्धिविहीन भएको प्रष्ट्याउनुभयो ।
उहाँले मधेसी नेताले मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउन चाहन्छन् भने निःस्वार्थ भएर सदन छाडेर सडकमा आउन सुझाव दिनुभयो ।
नेता भट्टराईले लामो बन्द र हडतालका कारण मधेस आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा निकै पछाडि परिसकेकाले अब मधेस र मधेसीले केवल राजनीतिक पहिचान र अधिकारका लागि नभएर आर्थिक विकास र समृद्धिका लागि पनि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सम्पूर्ण मधेसवादी राजनीतिक दल र आममधेसीलाई एक ढिक्का भएर आन्दोलन गर्न र नयाँ संविधानमा संशोधन तथा नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिसँग सहकार्य गरेर अगाडि बढ्न अपिल गर्नुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो