ओसाका, ४ वैशाख । जापानको दक्षिण भूभागमा तीन दिनयतादेखि बारम्बार भूकम्प गएको समाचार छ । शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको र त्यसका कारण जनधनको ठूलो क्षति पुगेको छ ।
क्युसु क्षेत्रमा नै शनिबार बिहान ७.३ रिक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बताइएको छ । सो भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । एउटा स्थानीय भवनमा कैयौं व्यक्ति च्यापिएर रहेका बताइएको छ ।
रातिको समयमा भूकम्प आएपछि यसका कारण भाग्ने क्रममा सयौं व्यक्ति घाइते भएका अस्पताल स्रोतले जनाएको छ । तर घाइतेको पूरै सङ्ख्या दिन भने अस्पतालहरुले सकिरहेका छैनन् ।
बारम्बारको भूकम्पका कारण जनजिवन प्रभावित भएको छ । जापानी सञ्चारमाध्यमहरुले बिहीबारैदेखिका पटक पटकका यी भूकम्पबाट ज्यान जानेको सङ्ख्या २१ पुगेको जनाएका छन् ।
शनिबार बिहानी पख गएको सो शक्तिशाली धक्कापछि पहिरो समेत गएको छ । क्षतिको विवरण लिने काम भइरहेको छ । सडक, पुल, बिजुली र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।
शुक्रबार नै अधिकांश सेवाका क्षेत्रहरु बन्द गरिएको थियो । स्थानीय बजार बन्द छ भने सेयरको कारोबारमा पनि कमी आएको छ । त्यसमा शनिबार थप क्षति पुगेपछि उद्वारको काम तदारुकताका साथ भइरहेको जनाइएको छ ।
जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति नै ६.४ रिक्टर स्केलको भूकम्प गएको थियो । स्थानीय समयानुसार बिहीबार राती ९ः२६ बजे सो भूकम्प गएको बताइएको छ ।
राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपमा सो भूकम्पबाट आसपासको क्षेत्रमा समेत बिजुली आपूर्ति बन्द भएको छ ।
सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ ।
यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछिका पराकम्पहरुका आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य बनिसकेको थियो । तर पछि फेरि अर्को ठूलो धक्काले जनजिवन निकै नै प्रभावित पारेको छ ।
बिहीबार साँझको गएको ६.५ रिक्टर स्केलको भूकम्पको करिब आधा घन्टापछि ५.७ रिक्टर स्केलको पराकम्पन आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको छ ।
त्यसपछि शनिबार बिहानीपख अर्काे शक्तिशाली भूकम्प गएको छ । यसबाट जापानमा तीन दिनमा लगातार तीन ठूला भूकम्पको महसुस भएको छ । शनिबारको भूकम्पले ठूलो क्षति पुगेको बताइएको छ ।
शनिबार बिहानको भूकम्पको केन्द्रबिन्दु किन्सुकै दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोतो जिल्ला रहेको हो । सो भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण आएको छैन ।
भूकम्पका कारक एक स्थानीय अस्पतालको भवन भत्किएको र त्यसमा केही व्यक्ति च्यापिएर रहेको बताइएको छ । तर पनि त्यसमा के कतिजना च्यापिएका छन् भन्ने बारेमा भने केही बताइएको छैन ।
भूकम्पपछि लगत्तै आसो पहाडमा पहिरो गएको छ । त्यसैगरी त्यसको आसपासका क्षेत्रमा ज्वालामुखी पनि आएको छ । तर यसको बारेमा भने थप विवरण दिइएको छैन ।
उद्वारको काममा ठूलो सङ्ख्याका सुरक्षाकर्मी लागेका छन् । २० हजार भन्दा बढीको सङ्ख्याका सुरक्षाकर्मीले उद्वारको काम गरिरहेका बताइएको छ ।
गएराति एक बजेको हजारौं नागरिकले सडकमै रात बिताएका छन् । शनिबार दिउसोसम्म पनि उनीहरु घरभित्र पस्न सकिरहेका छैनन् ।
हिजो भूकम्प लगत्तै सुनामीको खतरा देखाइएको थियो । जसका कारण नागरिकमा थप त्रास फैलिएको थियो । तर शनिबार बिहानदेखि नै यो सम्भावना नरहेको भन्दै अर्को सूचना जारी गरिएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग