बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलाई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ ।
विश्वभरका विद्यावारिधि शोधकर्ताबीच भएको प्रतिस्पर्धामा डा भट्टराईले सर्वाेत्कृष्ट भई सो सम्मान प्राप्त गर्नुभएको हो । शिक्षा र नेतृत्व रणनीति विधा अन्तर्गत उहाँले सो सम्मान प्राप्त गर्नुभएको हो । बेलायतमा वैशाख १ गते सो सम्मानको घोषणा गरिएको डा भट्टराईले जानकारी दिनुभयो ।
यसअघि डा भट्टराईलाई गत असोजमा अमेरिकाको कन्सोर्टियम फर दि स्टडी अफ लिडरसिप एन्ड एथिक्स इन एजुकेसन नामक संस्थाले वर्षको सर्वोत्कृष्ट शोधपत्रका रुपमा ‘पल बेगले अवार्ड–२०१५’ बाट सम्मान गरेको थियो ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनबाट भएको विद्यावारिधि शोधलाई अन्तर्राष्ट्रिय रुपमा सम्मान गरिएको पहिलो पटक भएको जिकिर गरिएको छ । डा भट्टराईले ‘नैतिक नेतृत्व’ शीर्षकमा गत वर्ष काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनबाट विद्यावारिधि गर्नुभएको थियो ।
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते