बेलायतको जर्नल अफ एजुकेसन लिडरसिपले काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा प्रकाशचन्द्र भट्टराईलाई ‘इमेराल्ड इएफएमडी–२०१५’ को सर्वोत्कृष्ट अवार्ड अन्तर्गत मोस्ट कमेन्डेबल अवार्डबाट सम्मान गरेको छ ।
विश्वभरका विद्यावारिधि शोधकर्ताबीच भएको प्रतिस्पर्धामा डा भट्टराईले सर्वाेत्कृष्ट भई सो सम्मान प्राप्त गर्नुभएको हो । शिक्षा र नेतृत्व रणनीति विधा अन्तर्गत उहाँले सो सम्मान प्राप्त गर्नुभएको हो । बेलायतमा वैशाख १ गते सो सम्मानको घोषणा गरिएको डा भट्टराईले जानकारी दिनुभयो ।
यसअघि डा भट्टराईलाई गत असोजमा अमेरिकाको कन्सोर्टियम फर दि स्टडी अफ लिडरसिप एन्ड एथिक्स इन एजुकेसन नामक संस्थाले वर्षको सर्वोत्कृष्ट शोधपत्रका रुपमा ‘पल बेगले अवार्ड–२०१५’ बाट सम्मान गरेको थियो ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनबाट भएको विद्यावारिधि शोधलाई अन्तर्राष्ट्रिय रुपमा सम्मान गरिएको पहिलो पटक भएको जिकिर गरिएको छ । डा भट्टराईले ‘नैतिक नेतृत्व’ शीर्षकमा गत वर्ष काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनबाट विद्यावारिधि गर्नुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो