
मध्यपुर थिमिमा हरेक वर्ष वैशाख २ गते मनाइने ऐतिहासिक बिस्केट जात्रा (सिन्दुर जात्रा) मा सहभागी जात्रालुहरु तथा विभिन्न स्थानमा जात्रा गरी ल्याएका खटहरु बालकुमारी मन्दिर परिसरमा जात्रा गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस
भक्तपुर, २ वैशाख । मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज बिहान हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूरजात्रा अर्थात् सुथ ः सिया जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये २६ वटा खटसहितको सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो ।
थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहान ७ बजे अगाडि नै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा २६ वटा खट सहभागी रथ बोकेर जात्रा परम्परागत रुपमा मनाएका छन् । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ ।
विगतमा ३२ वटा खट जात्रा हुने गरेपनि पछिल्लो केही वर्षदेखि नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराहीको खट बालकुमारीमा नल्याई आ–आफ्नै ठाउँमा जात्रा गर्ने भएपछि २६ खटको मात्रै जात्रा गरिएको हो ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरेजात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।
बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरुसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिन्छ ।
परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।
अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्यों मा पनि सिन्दूर खेल्दै परिक्रमा गराइन्छ भने बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवम् उत्साह उमङगका साथ थिमिका बासिन्दाले सिन्दूर खेल्दै यो जात्रा मनाउँछन् ।
एकअर्कामा सौहाद्र्रपूर्ण रुपमा सिन्दूर दल्ने, छ्याप्ने र विभिन्न पेय पदार्थ पिउँदै नेवारी बाजाको तालसँगै नाच्दै रमाउँदै अति मनोरञ्जनका साथ यो जात्रा मनाउने गरिन्छ । जात्रा हेर्नका लागि विभिन्न क्षेत्रबाट दर्शकको घुइँचो लाग्ने गर्दछ भने स्वदेशी तथा विदेशी पर्यटककोसमेत उल्लेख्य रुपमा सहभागिता थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार