
प्रेस चौतारी नेपालको कार्यालयमा बिहीबार चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले नेकपा (एमाले) सोलुखुम्बुका जिल्ला समिति सदस्य लाक्पाघेलु शेर्पालाई आरोहणका क्रममा सगरमाथामा फहराउनका लागि चौतारीको झन्डा हस्तान्तरण गर्दै । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २ वैशाख । नेकपा एमाले सोलुखुम्बुका जिल्ला समिति सदस्य तथा प्रेस चौतारी नेपालका सदस्य लाक्पाघेलु शेर्पाले प्रेस चौतारी नेपालको झन्डा सगरमाथाको चुचुरोमा फहराउने हुनुभएको छ ।
प्रेस चौतारी नेपालको कार्यालयमा आज चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले शेर्पालाई सगरमाथामा फहराउनका लागि चौतारीको झन्डा हस्तान्तरण गर्नुभएको छ । अर्यालले चौतारीको महाधिवेशनको पूर्वसन्ध्यामा चौतारीको झन्डा फहराउन लागिएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
शेर्पाले नेकपा ९एमाले०को शुभेच्छुक संस्था चौतारीको झन्डा सगरमाथामा फहराउन दृढ इच्छा रहेको उल्लेख गर्दै “म अहिलेसम्म ११ पटक सगरमाथा चढेँ, यसपटक चौतारीको झन्डा फहराउने भएकोमा ज्यादा खुसी छु,” भन्नुभयो ।
उहाँले सगरमाथा तीन करोड नेपालीको साझा सम्पत्ति भएकाले त्यहाँबाट उठेको रकम विकासमा लगाउनुपर्नेमा जोड दिनुभयो ।
शेर्पा एभरेस्ट परिवार टेकिङमार्फत वैशाख ३ गते त्यसतर्फ जाँदै हुनुहुन्छ भने उहाँले आगामी मे महिनाको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म सगरमाथा आरोहण गर्दै हुनुहुन्छ । उहाँको अब हुने आरोहण १२औँ हो । उहाँका साथ १० विदेशीसहित १२ जना सगरमाथा चढ्दै हुनुहुन्छ ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता