लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले १७ तारिख सांझ गर्न लागेको नयां वर्ष शुभकामना सांझको तयारी अन्तिम चरणमा पुगेको छ । एसियन कम्युनिटी हलमा सांझ ७ बजेदेखि हुने उक्त कार्यक्रममा ग्रीनवीच बरोका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने पक्का भएको छ ।
अध्यक्ष कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्रमुख अतिथी सांसद म्याथ्यू पेनीकुक, मेयर नोर्मन एडम्स्, विशेष अतिथी बरो लिडर डेनिस हाइल्याण्ड, करिब ४० जना काउन्सिलर, बीबीसी, ग्रीनवीच टाइम्स् सहित नेपाली पत्रकारहरु सहभागी हुनेछन् । ग्रीनवीच बरोमा रहेका करिब २५ नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।
सोसाइटीले सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय करिब दुई दर्जन कलाकारले नृत्य गर्ने जनाएको छ । टिकट दर ५ पाउण्ड र त्यसमा डिनर समावेश भएकाले करिब ८ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएका छन् । कार्यक्रम कुनै क्षेत्र, जाती वा समुदायको मात्र नभई समस्त नेपालीको साझा हो भन्ने थिममा हुने भएकाले सहभागीको आकर्षण बढेको कतिपयको बुझाइ छ । सोसाइटीको यसअघि दशैं कार्यक्रममा पनि झण्डै आठ सय सहभागी थिए ।
अध्यक्ष श्रेष्ठले कुनै विशेष जातजातीको प्रतिनिधित्व भन्दा पनि सबै नेपाली समान र स्थानीय बरोसंग मिलेर समुदायको हितमा काम गर्ने उद्देश्यले संस्था गठन गरिएको जनाए ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]