लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले १७ तारिख सांझ गर्न लागेको नयां वर्ष शुभकामना सांझको तयारी अन्तिम चरणमा पुगेको छ । एसियन कम्युनिटी हलमा सांझ ७ बजेदेखि हुने उक्त कार्यक्रममा ग्रीनवीच बरोका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने पक्का भएको छ ।
अध्यक्ष कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्रमुख अतिथी सांसद म्याथ्यू पेनीकुक, मेयर नोर्मन एडम्स्, विशेष अतिथी बरो लिडर डेनिस हाइल्याण्ड, करिब ४० जना काउन्सिलर, बीबीसी, ग्रीनवीच टाइम्स् सहित नेपाली पत्रकारहरु सहभागी हुनेछन् । ग्रीनवीच बरोमा रहेका करिब २५ नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको छ ।
सोसाइटीले सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय करिब दुई दर्जन कलाकारले नृत्य गर्ने जनाएको छ । टिकट दर ५ पाउण्ड र त्यसमा डिनर समावेश भएकाले करिब ८ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएका छन् । कार्यक्रम कुनै क्षेत्र, जाती वा समुदायको मात्र नभई समस्त नेपालीको साझा हो भन्ने थिममा हुने भएकाले सहभागीको आकर्षण बढेको कतिपयको बुझाइ छ । सोसाइटीको यसअघि दशैं कार्यक्रममा पनि झण्डै आठ सय सहभागी थिए ।
अध्यक्ष श्रेष्ठले कुनै विशेष जातजातीको प्रतिनिधित्व भन्दा पनि सबै नेपाली समान र स्थानीय बरोसंग मिलेर समुदायको हितमा काम गर्ने उद्देश्यले संस्था गठन गरिएको जनाए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन