काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको नयाँ वर्ष २०७३ को सुख्द अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षलाई स्वागत गर्ने क्रममा बितेको वर्ष २०७२ लाई सम्पूर्ण नेपालीको लामो समयदेखिको आफूलाई पूर्णरुपमा सार्वभौम बनाउने आकांक्षाको प्रतीक लोकतान्त्रिक गण्तन्त्र नेपालको संविधान जारी हुनु २०७२ सालको सर्वोच्च उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।
विनाशकारी भूकम्प र त्यसपछिको अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको अवरोध सामना गर्नुपर्दा २०७२ सालमा सम्पूर्ण नेपालीले ठूलो पीडा र सास्ती भोग्न बाध्य भएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवम् युगान्तकारी उपलब्धिसँगै नयाँ संविधानको कार्यान्वयनबाट मुलुकलाई सङ्घीय संरचनामा रुपान्तरण गर्दै आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी अहिले सबै नेपालीको काँधमा आएको पनि उल्लेख गर्नुभएको छ ।
नयाँ वर्षको आगमनसँगै मुलुक नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला आएकाले सहमतिसहित राजनीतिक स्थिरता, नयाँ संविधानको कार्यान्वयन संवाद र सहमतिबाट हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले पारेको प्रभावलाई न्युनीकरण गर्न राष्ट्रिय अभियानका रुपमा चलाइने पुनःनिर्माण र नवनिर्माणलाई प्रथमिकता दिई पीडित जनताको जीवनलाई सामान्यीकरण गर्न तथा देशले भोग्नुपरेका अन्य समस्याको समाधानका लागि सरकार, राजनीतिक दल, सङ्घसंस्था एवम् निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो