धनगढी, १ वैशाख । गए राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँंका तीन प्राध्यापकसहित आठ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उहाँकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ । गुड्डी र सावित्रा दुवै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत हुनुहुन्थ्यो ।
लामो समयदेखि प्राध्यापन गर्दै आउनु भएका डा पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोक संस्कृतिको अनुसन्धानकर्ता रहनुभएको थियो । पद्मकन्यामा प्राध्यापन गर्नुअघि उहाँले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गर्नुभएको उहाँका भाइ नन्दराजले बताउनुभयो ।
संस्कृति सहित दुई विषयमा विद्यावारिधि गर्नुभएका प्रा डा पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् ।
यस्तै सोही दुर्घटनामा परी डा पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा गणेशराज र उहाँका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजको समेत मृत्यु भएको छ ।
आफ्नो जन्मथलो डोटीको जिजोडामाडाँैं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताह यज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडाँैंतर्फ जाँदै गरेको अवस्थामा उहाँहरु सवार ना१ज ३२९४ नं को जिप गए राति ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडाँैं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारको समेत मृत्यु भएको छ ।
घटनास्थलमा छ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।
उद्वारका लागि राति नै घटनास्थल पुग्नुभएका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको राससलाई बताउनुभयो ।
सडकबाट झन्डै पाँच सय मि तल भिरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते हुनुभएको छ ।
घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित