काठमाडाँै, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान गर्ने एकै परिवारका तीन जनालाई आज गोकर्णमा आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ ।
पासाङल्ह्यामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा आरोही ल्हक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र पासाङ ल्ह्यामु शेर्पालाई सम्मान गरिएको हो । प्रधानमन्त्री ओलीले राष्ट्रिय विभिूति पासाङ ल्याह्मु शेर्पा आदर्श र साहसको प्रतीक भएको बताउनुभयो ।
“पढाई र खेलकुदमा स्वर्ण पदक जितेपनि, जोखिमपूर्ण हुँदैन, पर्वतारोहणमा स्वर्ण पदक जित्न जोखिमपूर्ण छ, ठट्टाका भरमा कसैले हिमाल आरोहण गर्न सक्दैन, शेर्पालाई पनि हिमाल चढ्न सजिलो हुदैन”–उहाँले भन्नुभयो । पर्वतारोहणमा शेर्पा जातिप्रति सबै नेपालीले गौरव गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पासाङ ल्ह्यामु भौतिक रुपमा नभएपनि उहाँको वीरतापूर्ण काम अमर कृतिका रुपमा रहेको बताउनुभयो ।
पूर्वमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष कृपाशूर शेर्पाले साहसिक पर्यटनमा विश्व कीर्तिमान बनाउनेलाई प्रतिष्ठानले सम्मान गर्दै आएको जानकारी गराउनुभयो ।
सो अवसरमा शेर्पा परिवारलाई सगरमाथा आरोहणका लागि प्रेरणा दिएको भन्दै अमेरिकी नागरिक मिस एलिजावेथ हलीलाई पनि उहाँले सम्मान गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानका तर्फबाट रसियामा सद्भावनादूतको काम गरिरहनुभएका रसियाली नागरिक अलेक्जेन्डर आग्रामो र सम्मानित पासाङ ल्ह्यामु शेर्पालगायत वक्ताले हिमाल आरोहणको चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो