
डिल्लीबजारस्थित कन्या उच्च माविमा एसएलसी परीक्षामा सामेल भएका बहिरा विद्यार्थीहरुलाई निर्देशन दिदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
भक्तपुर, २९ चैत । यही चैत १८ गतेदेखि देशभर एकैसाथ सुरु भएको यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षा आज सम्पन्न भएको छ ।
छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो । देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।
प्राविधिक धारतर्फको प्रयोगात्मक परीक्षा आज सम्पन्न भएको हो भने त्यस बाहेकका परीक्षा गत शुक्रबार सम्पन्न भएका थिए ।
परीक्षा अवधीभर अनियमितता गर्ने ३२८ जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरिएको, ३७ जना निरीक्षक र ३० जना सहायक कर्मचारीसहित अन्य व्यक्ति गरी ३९५ जनालाई कारबाही गरेको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताउनुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो