लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नयां कार्यसमितिको पहिलो बैठकले रिक्त सदस्य पदपूर्ति तथा सल्लाहकार र केन्द्रिय सभासदहरु मनोनित गरेको छ ।
अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा भएको उक्त बैठकले रिक्त चार सदस्यहरु मध्ये छत्र वनेम, जानुका राई र शिव तिवारीलाई मनोनित गरेको छ भने बांकी एक सदस्य रेडियो बिजिडब्लुएससंग सहकार्य गरि पछि थप्ने निर्णय भएको छ । संस्थाको सल्लाहकारमा भगिरथ योगी, नवीन पोखरेल, चिरन शर्मा, हरि गुरुङ, केशव भण्डारी र सोनम शेर्पालाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै सक्रिय पत्रकारहरु कुशल श्रेष्ठ, एभरेष्ट गौतम, प्रमिला राई, प्रकाश केसी, फडिन्द्र भट्टराई, देवेन्द्र खेरेस, दिनेश परियार, देवी गौतम र मिलन तमुलाई केन्द्रिय सभासदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
तेश्रो अधिवेशन समग्रमा सफल रहेको निष्कर्ष निकाल्दै बैठकले अधिवेशन सफल बनाउन योगदान दिने निर्वाचन समिति, चन्दादाता, नेपालबाट आएका अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेको छ ।
संस्थाको आकस्मिक बैठक गर्नुपर्दा वा प्राविधिक कठिनाइ रहेको महशुस हुंदा अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत महत्वपूर्ण पदाधिकारी बीच सचिवालय बैठकलाई मान्यता दिने निर्णय गरिएको छ । आर्थिक सम्बन्धि सबै बन्दोवस्त कोषाध्यक्ष पूर्ण गुरुङ र सदस्यता सम्वन्धि काम महासचिव र भाइवर ग्रुप वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले गर्ने गरि जिम्मा दिइएको छ । अध्यक्ष नरेश खपांगीमगर र सदस्य नरेन्द्र बस्नेतले वेव सम्वन्धि काम गर्ने जिम्मा दिइएको शाखाले जनाएको छ ।
सदस्यता वितरण सम्वन्धि नियमावली परिमार्जन गर्नका लागि सल्लाहकार भगिरथ योगी संयोजक रहने गरि श्याम लुईंटेल, ध्रुवराज अर्याल, लिलामान शेरपुन्जा र शिव भण्डारीलाई सदस्यमा नियुक्ति गर्ने निर्णय गरिएको छ । सोसल मिडियाको जिम्मा श्याम लुईंटेललाई दिने निर्णय भएको छ ।
शाखाले सबै संघसंस्थाहरुसंग एक अन्तरक्रिया गर्ने भएको छ । यसको संयोजनका लागि वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेललाई तोकिएको छ ।
बैठकले शाखाका सदस्यहरु संगीता मरहट्ठा र नारायण गाउंले एनआरएनए मिडिया कार्यदलमा नियुक्त भएकोमा बधाइ दिएको छ भने शाखाका साधारण सदस्य विश्वासदीप तिगेलाका पिताका निधन भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान