लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नयां कार्यसमितिको पहिलो बैठकले रिक्त सदस्य पदपूर्ति तथा सल्लाहकार र केन्द्रिय सभासदहरु मनोनित गरेको छ ।
अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षतामा आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा भएको उक्त बैठकले रिक्त चार सदस्यहरु मध्ये छत्र वनेम, जानुका राई र शिव तिवारीलाई मनोनित गरेको छ भने बांकी एक सदस्य रेडियो बिजिडब्लुएससंग सहकार्य गरि पछि थप्ने निर्णय भएको छ । संस्थाको सल्लाहकारमा भगिरथ योगी, नवीन पोखरेल, चिरन शर्मा, हरि गुरुङ, केशव भण्डारी र सोनम शेर्पालाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तै सक्रिय पत्रकारहरु कुशल श्रेष्ठ, एभरेष्ट गौतम, प्रमिला राई, प्रकाश केसी, फडिन्द्र भट्टराई, देवेन्द्र खेरेस, दिनेश परियार, देवी गौतम र मिलन तमुलाई केन्द्रिय सभासदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
तेश्रो अधिवेशन समग्रमा सफल रहेको निष्कर्ष निकाल्दै बैठकले अधिवेशन सफल बनाउन योगदान दिने निर्वाचन समिति, चन्दादाता, नेपालबाट आएका अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेको छ ।
संस्थाको आकस्मिक बैठक गर्नुपर्दा वा प्राविधिक कठिनाइ रहेको महशुस हुंदा अध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत महत्वपूर्ण पदाधिकारी बीच सचिवालय बैठकलाई मान्यता दिने निर्णय गरिएको छ । आर्थिक सम्बन्धि सबै बन्दोवस्त कोषाध्यक्ष पूर्ण गुरुङ र सदस्यता सम्वन्धि काम महासचिव र भाइवर ग्रुप वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेलले गर्ने गरि जिम्मा दिइएको छ । अध्यक्ष नरेश खपांगीमगर र सदस्य नरेन्द्र बस्नेतले वेव सम्वन्धि काम गर्ने जिम्मा दिइएको शाखाले जनाएको छ ।
सदस्यता वितरण सम्वन्धि नियमावली परिमार्जन गर्नका लागि सल्लाहकार भगिरथ योगी संयोजक रहने गरि श्याम लुईंटेल, ध्रुवराज अर्याल, लिलामान शेरपुन्जा र शिव भण्डारीलाई सदस्यमा नियुक्ति गर्ने निर्णय गरिएको छ । सोसल मिडियाको जिम्मा श्याम लुईंटेललाई दिने निर्णय भएको छ ।
शाखाले सबै संघसंस्थाहरुसंग एक अन्तरक्रिया गर्ने भएको छ । यसको संयोजनका लागि वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेललाई तोकिएको छ ।
बैठकले शाखाका सदस्यहरु संगीता मरहट्ठा र नारायण गाउंले एनआरएनए मिडिया कार्यदलमा नियुक्त भएकोमा बधाइ दिएको छ भने शाखाका साधारण सदस्य विश्वासदीप तिगेलाका पिताका निधन भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति