लन्डन । गोरखाली समाज यूकेको छैटौं वार्षिक साधारण सभाले जयप्रकाश गुरुङको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कर्ण दर्लामी, उपाध्यक्षमा हरिभक्त न्यौपाने र तिलकुमारी गुरुङ तथा महासचिवमा अशोक ढकाल र आर्थिक संयोजकमा भिम तामाङ छानिएका छन् ।
त्यस्तै, सचिवमा मान गुरुङ, कोषाध्यक्षमा सुजित श्रेष्ठ, संयोजकमा धिरज गुरुङ चयन भएका छन् । समाजको नर्व निर्वाचित कार्यकारी सदस्यहरुमा कुमारी गुरुङ, संगीता मरहठ्ठा, लोक बहादुर गुरुङ, बुद्धि गुरुङ, सुबास गुरुङ, रबि गुरुङ, शन्त घले, दिनेश गुरुङ, देब गुरुङ, हरि गुरुङ, हेमकुमार गुरुङ, मिनकुमार गुरुङ र हेमा गुरुङ चुनिए ।
यस अघि वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा समाजका संरक्षक डा. राघवप्रसाद धितालले गोर्खाली समाज यूकेले गरेको कार्य सह्रानीय भएको चर्चा गर्दै समाज यस रुपमा अघि बढेकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति भरत रोकाले आफ्नो कार्यकालमा भएका विभिन्न सकारात्मक कुराको चर्चा गर्दै गत वर्ष विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लालाई समाजले तत्कालीन तथा दीर्घकालीन राहतको विविध कार्य गरेको जानकारी गराए ।
कार्यक्रममा समाजलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुशीमान गुरुङ, विकलचन्द्र आचार्य, आशिष पन्त, फडकजित गुरुङ र धन गुरुङलाई विशेष सम्मान गरिएको थियो ।
निर्वाचन समितिका विकलचन्द्र आचार्य, रणध्वज राना, फडकजित गुरुङ, सुर घलेले सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा गर्दै समाजले आगामी दिनमा गर्नुपर्ने कार्यमा सुझाव दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा सबैलाई एक ढिक्का
पार्दै सक्दो समाजको हितमा काम गर्ने अठोट व्यक्त गरे ।
सन् २००४ सालमा स्थापित उक्त समाजले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।
गत वर्ष समाजले स्थापना गरेको १५ लाख रुपैयांको अक्षयकोष गोरखा जिल्ला कार्यलयमा दर्ता गरि खडा गरेको छ । यस अक्षयकोषको ब्याजले गोरखामा भूकम्पबाट बाबुआमा गुमाएका बच्चाहरुलाई पढाउने लक्ष्य राखिएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान