लन्डन । चल्तीकी नायिका प्रियंका कार्की र लोकप्रिय गायकद्वय हेमन्त शर्मा र शिव परियार यतिखेर बेलायतमा छन् ।
७ तारिख लन्डन उत्रिए देखिनै व्यस्त छन् यी तीन कलाकार । शुक्रबार सांझ नेपलिज ब्रिटिश कम्युनिटीले ह्यारो बरो फुटबल क्लवमा आयोजना गरेको नयां वर्ष शुभकामना कार्यक्रममा उनीहरुले वाहीवाही बटुले । प्रियंकाको कम्मर माथि पटुकी होस् वा सुर्के थैली, दर्शक उनको आकर्षक नाच हेर्न लालयित भइरहे ।
गायक हेमन्त शर्मा भने कहिले मुल हौ भने रसाइदेऊ भन्दै अनुनय गर्दै थिए भने कहिले माया सार्है महंगो रहेको गुनासो गर्दैै थिए दर्शकसंग । उनका पुराना नयां गीतले दर्शक नाचिरहे । कम थिएन् शिव परियारको प्रस्तुति पनि । मादक पदार्थमा झुमिरहेका हुन् वा पानी जुस पिइरहेका दर्शक । उनले सुनाइरहेको पिउंदिन भन्दा भन्दै पिलायो साथीले अनि बेहोसपछि त होसमा आउंदा क्या दामी भो…गाएपछि त दर्शक मज्जाले नाचिहाले ।
कार्यक्रम हेर्न मानिसहरुको तंछाडमंछाड थियो । आयोजकले लामो मन्तव्य राखेर, हल सांघुरो भएर दर्शकले सास्ती खेप्नु परेपनि तीन कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रमको रौनकता बेग्लै रह्यो ।
बसन्त नेपालले सञ्चालन गरेको उक्त कार्यक्रममा कम्युनिटी अध्यक्ष कमलराज खनाल, सांसदद्वय बीरेन्द्र शर्मा र ग्यारेथ थोमस, दूतावासका थर्ड सेक्रेटरी बाबुकाजी डंगोल, एनआरएनए युरोप संयोजक कुल आचार्य, लन्डन एसेम्ली मेम्बर डा. ओन्कार सहोता, कम्युनिटीका सचिव मिलन घिमिरे लगायतले नयां वर्षको शुभकामना दिए ।
यी कलाकार आज आसफोर्ड र भोलि अल्डरसट कार्यक्रममा हुनेछन् ।
छक्का पन्जाको सुटिङ बीचमै छाडेर यता आएकी प्रियंका केही दिनभित्रै स्वदेश फिर्नेछिन् । तर, गायक शर्मा र परियार भने केही हप्ता बस्ने कार्यक्रम छ । शर्माले आगामी १५ मा फोकस्टोन, १६ मा टिडवर्थ, १७ मा लिभरपुल, २४ मा रेडिङसहित स्कटल्याण्ड लगायत शहरमा कार्यक्रम गर्न लागिएको जनाए ।
तस्विरः सुरज पौडेल
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी