लण्डन । युकेमा नेपालीहरुको सर्वाधिक बसोबास रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटीले यहाँ नेपाली नयाँ वर्ष मनाएको छ ।
अल्डरसटस्थित एम्पाएर हाउसमा शुक्रबार साँझ भएको सो कार्यक्रममा नेपालबाट आएका कलाकारहरु शम्भु राई, रामजी खाँड, देविका केसी, स्थानीय काउन्सिलका मेयर, काउन्सिलर र पूर्व मेयरहरुको उपस्थितिले नयाँ वर्षको रौनक थपेको थियो ।
कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रमा उपाध्यक्ष रामधन राईले हेल्थ एण्ड सेफ्टी, उपाध्यक्ष जीब बेल्बासेले स्वागत मन्तब्य दिएका थिए । महासचिव रञ्जिता मल्लले संचालन गरेको कार्यक्रममा स्थानीय रसमुर काउन्सिलका मेयर मार्टिन टेनान्ट, बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङले नयाँ वर्षको शुभकामना दिएका थिए ।
प्रथम नौमती बाजा युकेले पञ्चै बाजा बजाएर अतिथिहरुको स्वागत गरेको थियो भने कार्यक्रममा कलाकारहरुले नेपाली झ्याउरे, कौरा, सोरठी नाच प्रस्तुत गरेका थिए । कम्युनिटीका उपाध्यक्ष छविमाया पुन, पुष्पा गुरुङ, शिला लिम्बु र खड्ग थापाले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।
सुरक्षा राना, लछिमी राना, कल्पना लिम्बु, सरिता थापा, दिब्या राई, कोपिला थेगिम, मञ्जु लिम्बु, कल्पना थापा, समिता गुरुङ, अर्पणा गुरुङ, अस्मिता थापा, प्रमिला तामाङ, प्रबल थापा, लछुमन राना, जोशिका बेल्बासे, मेलिसा गुरुङले मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए ।
शम्भु राई, रामजी खाँड र देविका केसीका साथै रामप्यारी बानियाँ, क्याप्टेन वीरबहादुर थापामगर, एलाकोय ब्याण्डका हिदर गोल्डिङ र पल केरिगोले गीत गाएका थिए ।
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ