लण्डन । युकेमा नेपालीहरुको सर्वाधिक बसोबास रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटीले यहाँ नेपाली नयाँ वर्ष मनाएको छ ।
अल्डरसटस्थित एम्पाएर हाउसमा शुक्रबार साँझ भएको सो कार्यक्रममा नेपालबाट आएका कलाकारहरु शम्भु राई, रामजी खाँड, देविका केसी, स्थानीय काउन्सिलका मेयर, काउन्सिलर र पूर्व मेयरहरुको उपस्थितिले नयाँ वर्षको रौनक थपेको थियो ।
कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रमा उपाध्यक्ष रामधन राईले हेल्थ एण्ड सेफ्टी, उपाध्यक्ष जीब बेल्बासेले स्वागत मन्तब्य दिएका थिए । महासचिव रञ्जिता मल्लले संचालन गरेको कार्यक्रममा स्थानीय रसमुर काउन्सिलका मेयर मार्टिन टेनान्ट, बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङले नयाँ वर्षको शुभकामना दिएका थिए ।
प्रथम नौमती बाजा युकेले पञ्चै बाजा बजाएर अतिथिहरुको स्वागत गरेको थियो भने कार्यक्रममा कलाकारहरुले नेपाली झ्याउरे, कौरा, सोरठी नाच प्रस्तुत गरेका थिए । कम्युनिटीका उपाध्यक्ष छविमाया पुन, पुष्पा गुरुङ, शिला लिम्बु र खड्ग थापाले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।
सुरक्षा राना, लछिमी राना, कल्पना लिम्बु, सरिता थापा, दिब्या राई, कोपिला थेगिम, मञ्जु लिम्बु, कल्पना थापा, समिता गुरुङ, अर्पणा गुरुङ, अस्मिता थापा, प्रमिला तामाङ, प्रबल थापा, लछुमन राना, जोशिका बेल्बासे, मेलिसा गुरुङले मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए ।
शम्भु राई, रामजी खाँड र देविका केसीका साथै रामप्यारी बानियाँ, क्याप्टेन वीरबहादुर थापामगर, एलाकोय ब्याण्डका हिदर गोल्डिङ र पल केरिगोले गीत गाएका थिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी