लन्डन । यतिखेर नेपाली चलचित्र उद्योगमा कसैको उल्लेख्य चर्चा छ भने ति हुन् भुवन केसी र उनका सुपुत्र हिरो अनमोल केसी ।
फागुन २१ देखि रिलिज भएको भुवन केसी निर्देशित फिल्म ड्रिम्स् को सफलतासंगै केसी बाबु छोराको उचाईं फेरि बढेको छ । भुवन केसीले निर्देशन गरेको पहिलो फिल्म र उनका चकलेटी छोराको अभिनय । अभिनेता एवं निर्देशक केसीले रिलिज भएको दुई दिनमै यसको लगानी उठेको बताएका थिए । ड्रिम्स् कै कारण संगै रिलिज भएको फूलै फूलको मौसम तिमीलाई…ओझेल परेको थियो ।
यही फिल्म लिएर यूके आउंदैछन् भुवन अनमोल । सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी ८ मे मा दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको शोमा उनीहरुको सहभागिता रहने भएको हो । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपनकुमार राईले बेलायतवासी नेपालीलाई उत्कृष्ट फिल्म देखाउनेमात्र होइन, नेपाली चलचित्रको प्रवर्धन पनि आफ्नो उद्देश्य रहेको बताए । उनले शोमा नायक निर्देशक भुवन केसी र नायक अनमोल केसी पनि बेलायत आउने तय भएको जनाए ।
ड्रिम्स् यूके आउनु पछाडि यसका निर्माता मध्ये एक डा. कपिल रिजाल बेलायतवासी भएर पनि हो । बेलायतमा केही डेन्टल सर्जरी चलाइरहेका डा. रिजालले भूकम्पपछि नेपाल गएर उद्दार तथा राहत वितरणमा उल्लेख्य योगदान गरेका थिए ।
फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह, सन्ध्या केसीको लिड रोल छ । अनमोल अहिले पपुलर सेलिब्रेटी मानिन्छन् नेपालमा । यसअघि उनका होस्टेल र जेरी फिल्म पनि चर्चा बटुल्न सफल भएका थिए ।
सन् २०१३ मा होस्टेल फिल्मबाट अनमोलले फिल्मी खवर अवार्ड, बक्स अफिस फिल्म अवार्ड र इन्फा अवार्डस् (हङकङ) मा वेष्ट डेबुट एक्टरको अवार्ड पाएका थिए । होस्टेलबाटै उनी कामना फिल्म अवार्डस् र नेफ्टा अवार्डस्का लागि नोमिनेट भए । अनमोल जेरी फिल्मका लागि एनएफडिसी र नेफ्टा अवार्डस् २०१५ मा पपुलर एक्टर अफ दि इयरमा मनोनित भएका थिए ।
तस्विरहरुः ग्ल्यामर नेपाल डट नेट
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह