लण्डन । तामाङ सोसाइटी युकेले पहिलोपटक महिला अध्यक्ष पाएको छ । सोसाइटीको गत शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ अधिवेसनले अञ्जु योञ्जन तामाङलाई नयाँ अध्यक्ष निर्वाचित गरेको हो ।
निर्वाचन समितिका अध्यक्ष धर्म तामाङका अनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा होम लोप्चन र श्रीमती अमृता तामाङ, महासचिवमा ज्ञान तामाङ, कोषाध्यक्षमा श्रीमती संगीता लामा, सहकोषाध्यक्षमा बलबहादुर तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरुमा मनोरञ्जन सहायकतर्फ दलबहादुर ब्लेनडेन, खाद्य भीम तामाङ स्यांबो, वेभतर्फ सरोज तामाङ, वेभ सहायकमा शेखर तामाङ, मिडियामा लक्ष्मी घिसिङ, फोटो भिडियोमा शुक्र तामाङ, पेयपदार्थमा सन्तोष तामाङ, पेयपदार्थ सहायकमा अमर तामाङ, सम्पतिमा धिरज तामाङ घलान चुनिएका छन् । सहसचिव, मनोरञ्जन सदस्य र खाद्य सहायक सदस्य पद पूर्ति गर्न बाँकी रहेको छ ।
यस्तै, क्षेत्रीय प्रतिनिधिहरुमा डाबीबाट हर्क मोक्तान, विञ्चेष्टरबाट बलबहादुर लामा, बिर्मिङहामबाट गुम्बाराज तामाङ, आसफोर्डबाट फूलमान तामाङ, फोल्क्स्टोनबाट नरबहादुर तामाङ, अल्डरसट फार्नब्रोबाट मिनबहादुर लामा, क्याबर्ली स्याण्डहस्टबाट बम तामाङ घिसिङ, हाउन्स्लो फेल्ठमबाट श्रीमती शर्मिला तामाङ, वेम्ब्ली अल्पर्टनबाट दिल तामाङ, प्लमस्टिडबाट होम लोप्चन, रेडिङबाट नरेन्द्र तामाङ र सेवारत सैनिकहरुका तर्फबाट क्याप्टेन पालिजार तामाङ रहेका छन् ।
लामा गुरुहरुमा प्रेम लामा, हस्त लामा र मिंगमार लामा तथा सल्लाहकारहरुमा प्रेम तामाङ, धन लामा, प्रताप लामा, भास्कर तामाङ रहेका छन् एक सल्लाहकार नियुक्त गर्न बाँकी छ ।
निर्वाचन समितिमा रविन्द्र तामाङ र प्रेम तामाङ रहेका थिए ।
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त