शान्ति समाज बेलायतले बनायो विद्यालय

 

12957486_850851355061526_3165219426930004990_o

लन्डन । शान्ति नेपाली समाज बेलायतले सिन्धुपाल्चोकस्थित पाटिभन्ज्याङ, थकानी ६ मा एक विद्यालय भवन निर्माण गरेको छ । करिब 
४५ लाख रुपैयांको लगानीमा ६ कोठे विद्यालय भवन निर्माण गरि त्यसमा आवश्यक डेस्क, बेन्च, बोर्ड जस्ता फर्निचरहरु समेत तयार भइसकेको समाजले जनाएको छ । उक्त नवनिर्मित स्कुल भवनको उद्घाटनका लागि संस्थाका सचिव कोस्लेश्वोर ढकाल चांडै नै नेपाल जाने जानकारी समाजको नयां वर्ष कार्यक्रममा दिइएको हो ।

संस्थाले अन्य विकट स्थलहरुमा पनि हेल्थपोस्ट र विद्यालय भवन बनाउन स्थलहरुको निरिक्षण भइरहेको पनि जनाएको छ ।

समाजले भूकम्प लगत्तै गत वर्ष ३५ लाख रुपैयां खर्च गरेर गोरखा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, तनहुं र काभे्रपलान्चोक जिल्लाका करिब २५ गाउंमा राहत पुर्याएको थियो ।

गत सोमबार बर्मिङघममा आयोजित नयां वर्ष कार्यक्रममा संस्थाका अध्यक्ष काशीनाथ शर्मा र विशेष अतिथि भण्डारी ब्रदर्सका डाइरेक्टर कमल भण्डारीद्वारा भूकम्प पीडित नेपालीलाई तत्कालिन राहत पुरयाउन शान्ति नेपाली समाज बेलायतलाई सहयोग गर्ने संघ संस्थाहरुलाई टोकन अफ लभ र एक्सेप्सनल सर्टिफिकेटले सम्मान गरे ।

अध्यक्ष शर्माले समाजले भूकम्प पीडितका लागि राहत कार्यक्रम सम्पन्न गरेपछि पनि प्राथमिक स्वास्थ शिक्षा प्रशिक्षण, विभिन्न विकटका स्कुलहरुमा मा पुस्तक वितरण, गरिब तथा असहाय बालबालिकालाई छात्रवृत्ति जस्ता काममा उल्लेख्नीय योगदान गरेको स्मरण गरेका थिए । यसका साथै संस्थाले गरिब तथा निमुखा बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रवृत्ति लिन निवेदनको चाप निक्कै बढेको जनाउंदै शर्माले मासिक २ पाउन्ड संस्थाको नाममा डाइरेक्ट डेबिट गरि सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

समाजको नयां वर्ष २०७३ कार्यक्रममा झण्डै ५ सयको सहभागिता थियो । शुभकामना आदान प्रदान तथा विविध संस्कृतिक कार्यक्रमसहित नयां वर्ष मनाइएको हो ।

कार्यक्रममा प्रमुख र विशेष अतिथी थिए नेपाली लोक दोहोरी क्षेत्रका प्रसिद्ध कलाकारद्वय श्रीमती देविका के.सी र रामजी खांण । औपचारिक कार्यक्रम सुरु हुनु अघि उनीहरुलाई संस्थाका अध्यक्ष काशीनाथ शर्मा र सचिव कोस्लेश्वोर ढकालले नौमती बाजा र कलश हातमा लिएका पन्चकन्याका साथ स्वागत गरेर कार्यक्रम हलमा भित्र्याएका थिए ।

12973529_10153407148006496_3029461558726411430_o

कार्यक्रममा लन्डन, पिटरब्रो, नोटिङघम, लेस्टर, ग्रान्थाम लगायत यूकेका विभिन्न ठाउंबाट अतिथिहरुको उत्साहजनक उपस्थिति थियो । समाजका प्रवक्ता भुपेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा अतिथीहरु नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष एवं एनआरएनए आइसीसी सदस्य कृष्ण तिमिल्सिना, पिटरबरो नेपाली समाज यूकेका अध्यक्ष केशव भण्डारी, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतम, भण्डारी ब्रदर्शका निर्देशक कमल भण्डारी, रण केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरिएपछि कार्यक्रम का सभापति शर्मा र कलाकारहरुबाट दिप प्रज्वलन गरि कार्यक्रम अगाडि बढेको थियो ।

कार्यक्रममा संस्थाका सचिव कोस्लेशोर ढकालले स्वागत मन्तव्य दिए ।
कार्यक्रमको सुरुमा नेपाली भेषभुषामा सजिएका स्थानीय कलाकारहरु अनुष्का, देविका, अशोक, योजना, सिम्रन, सिजलहरुको उत्कृष्ट प्रस्तुति, लोक गीत, एकल र सामूहिक नृत्यहरुले भरपुर मनोरन्जन प्रदान गरेको थियो ।

स्थानीय कलाकारहरुको प्रस्तुतिपछि राष्ट्रिय कलाकारहरु देविका केसी र 
रामजी खांणले दर्शक नचाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री