लन्डन । बेलायत सरकारलाई अन्तिम धक्का दिन आमरण अनसन बस्नु अघि भूपू गोर्खाहरुले आवश्यक छलफल गर्न विशेष बैठक डाकेका छन् । आफ्ना माग पुरा गराउन २४ अप्रिल २०१६ सम्मको समयसीमा दिएका भूपू गोर्खाहरुले सरकारबाट हालसम्म कुनै ‘रेस्पोन्स’ नआएकाले आमरण अनसन अन्तिम विकल्प भएको जनाउंदै त्यसबारे विस्तृत छलफल गर्न बैठक डाकेका हुन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले आगामी १७ अप्रिल बिहान ११ बजे ह्यारो बरो फुटबल क्लबमा बैठक राखेको छ । समितिले समस्त भूपू गोर्खा एवं अन्य नेपालीलाई बैठकमा उपस्थित भई सरसल्लाह र सुझाव दिन विनम्र अनुरोध गरेको छ ।
‘अप्रिल २४ हाम्रो संघारमै आइपुगिसकेको छ । त्यो दिनसम्ममा कुनै चमत्कार भएन भने हामीले ज्ञापनपत्रमा भने अनुसार आमरण अनसन बस्नुको कुनै विकल्प हुने छैन्’, समितिले भनेको छ, ‘त्यसैले हामीले उपयुक्त विषयमा गम्भीर वहस र व्यापक छलफल गरी उचित निष्कर्षमा पुग्न टड्कारो आवश्यकता भएको छ ।’
सन् २०१३ मा भएको आमरण अनसनपछि गठित सर्वदलीय संसदीय आयोगले डेभिड क्यामरुन सरकारलाई पेश गरेको प्रतिवेदन अनुरुप आफ्ना पांच सूत्रीय मागहरु छुंदै नछोएको गुनासो भूपू गोर्खाहरुको छ । भूपू गोर्खाहरुले त्यसयता प्रशस्त दवावमुलक कार्यक्रम गरिसकेका छन् । उनीहरुले आफू नेपालकै नागरिक भएको र अभिभावक नेपाल सरकार भएकाले आफ्ना पदाधिकारीहरु नेपाल गएर राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख नेताहरु देखि सांसदहरुलाई पटक पटक हारगुहार गरेको समेत जनाएका छन् ।
सत्याग्रह समितिका संयोजक कृष्ण बहादुर राई सम्भव भएसम्म आमरण अनसन होइन, नेपाल सरकार मार्फत अन्य उपायबाट नै मागहरु पुरा गराउने उद्देश्य राखेर अहिले पनि नेपालमा भेटघाटमा व्यस्त रहेको समितिले जनाएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान