लन्डन । बेलायतमा बस्ने र काम गर्नेहरुका लागि यो अप्रिल, २०१६ ले धेरै परिवर्तन ल्याउने भएको छ । धेरै नयां कानुन र नीतिहरु यसै महिनादेखि कार्यान्वयनमा आउंदैछन् । नयां कानुनले गैर युरोपेलीमात्र होइन, बेलायती नागरिक समेत प्रभावित हुने छन् ।
दि इन्डिपेन्डेन्ट पत्रिकाका अनुसार, वार्षिक ३५ हजार पाउण्ड भन्दा कम्ती कमाउने गैर युरोपेली कामदार ५ वर्ष भन्दा बढि यो देशमा बस्न नपाउने नियम आउन लागेको छ । नयां नियमले नर्स, पिएचडी लेभल जागिर र सर्टेज अकुपेशन लिष्टमा रहेकालाई भने असर गर्ने छैन् । यद्यपि, शिक्षक र आइटी अनि मार्केटिङ क्षेत्रमा काम गर्नेले भने छिट्टै फर्कनुपर्ने पत्रिकाको दावी छ । यस परिवर्तन विरुद्ध एक लाख हस्ताक्षर समेत बुझाइएको थियो ।
इंग्ल्याण्डमा ब्यान्ड डि प्रोपर्टीमा बस्नेले करिब ५८ पाउण्डका दरले काउन्सिल ट्याक्स बढि तिर्नुपर्नेछ । ठूला घरहरुमा बस्नेले त यो भन्दा बढि तिर्नुपर्नेछ । आठ वर्ष यता यसपटक नै सबैभन्दा धेरै काउन्सिल कर वृद्धि गरिएको हो । देशका एकसय भन्दा बढि काउन्सिलले ४ प्रतिशतसम्म कर बढाउंदैछन् ।
गत १ अप्रिलदेखि नेशनल लिभिङ वेज ७.२० पाउण्ड प्रति घण्टा बनाइएको छ ।
आज ६ अप्रिलदेखि इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका कुकुर मालिकहरुले माइक्रो चिप राख्नुपर्ने कानुन लागू हुंदैछ । प्रत्येक धनीले घर पालुवा जनावरको विवरण पेटलग डेटाबेसमा राख्नुपर्नेछ । यसले हराएका कुकुर खोज्न सजिलो हुने र करदाता एवं च्यारिटीको वार्षिक खर्च ३३ मिलियन पाउण्ड जोगिने अपेक्षा छ ।
इंग्ल्याण्डमा एनएचएस प्रिस्क्रिप्सन शुल्क १ अप्रिलदेखि २० पेन्स वृद्धि गरि ८.४० पाउण्ड प्रति आइटम बनाइएको छ ।
साथै, ४० हजार पाउण्ड माथिको मुल्यमा दोश्रो घर किन्ने र बाइ टु ल्यान्डलडर्सले तीन प्रतिशत बढि स्ट्याम्प ड्यूटी तिर्नुपर्ने नयां नियम १ अप्रिलदेखि लागू भइसकेको छ । अप्रिल अघि अढाइ लाख पाउण्डको अतिरिक्त जायजेथा किन्नेले स्ट्याम्प ड्यूटी २५ सय पाउण्ड तिर्नुपथ्र्यो भने अब दशहजार पाउण्ड तिर्नुपर्नेछ ।
अन्य केही नियमहरु पनि कार्यान्वयनमा आउने जनाइएको छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]