लन्डन । ‘हट केक’ सेलिब्रेटी प्रियंका कार्की वर्षदिन नपुग्दै लन्डन आउंदैछिन् यही साता । गायकहरु हेमन्त शर्मा र शिव परियारका साथ ७ तारिख लन्डन उत्रने नायिका प्रियंकाले पहिलो कार्यक्रम आफैं चलाउने भएकी छिन् ।
साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा ८ अप्रिल सांझ हुने तय भएको नेपाली नयां वर्ष कार्यक्रममा प्रियंका ‘होस्ट’ का रुपमा प्रस्तुत हुनेछिन् ।
नेपलिज ब्रिटिश कम्युनिटी यूकेले कार्यक्रम आयोजना गरेको हो । उक्त संस्थाले प्रियंकासहित तीन कलाकारलाई १२ सय पाउण्ड दिने शर्तमा कार्यक्रममा बोलाएको हो । उनीहरु खास आसफोर्डको कार्यक्रममा आएका हुन् ।
नेपाली दूतावास प्रतिनिधि, स्थानीय सांसदहरु, बज फिड र बीबीसी एजियन नेटवर्कसहितका नेपाली पत्रकार, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत अन्य विशेष अतिथीमाझ नयां वर्ष मनाइने कम्युनिटी अध्यक्ष कमलराज खनालले जानकारी दिए । खनालले टिकट ‘सोल्ड आउट’ भइसकेको बताएका छन् । भूकम्प आएको झण्डै वर्षदिन हुनै लाग्दा कम्युनिटीले कार्यक्रमबाट बचेको केही रकम भूकम्प पीडितलाई दिने जनाएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान