लन्डन । ‘हट केक’ सेलिब्रेटी प्रियंका कार्की वर्षदिन नपुग्दै लन्डन आउंदैछिन् यही साता । गायकहरु हेमन्त शर्मा र शिव परियारका साथ ७ तारिख लन्डन उत्रने नायिका प्रियंकाले पहिलो कार्यक्रम आफैं चलाउने भएकी छिन् ।
साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लव हलमा ८ अप्रिल सांझ हुने तय भएको नेपाली नयां वर्ष कार्यक्रममा प्रियंका ‘होस्ट’ का रुपमा प्रस्तुत हुनेछिन् ।
नेपलिज ब्रिटिश कम्युनिटी यूकेले कार्यक्रम आयोजना गरेको हो । उक्त संस्थाले प्रियंकासहित तीन कलाकारलाई १२ सय पाउण्ड दिने शर्तमा कार्यक्रममा बोलाएको हो । उनीहरु खास आसफोर्डको कार्यक्रममा आएका हुन् ।
नेपाली दूतावास प्रतिनिधि, स्थानीय सांसदहरु, बज फिड र बीबीसी एजियन नेटवर्कसहितका नेपाली पत्रकार, एनआरएनए युरोप संयोजक कुल आचार्य लगायत अन्य विशेष अतिथीमाझ नयां वर्ष मनाइने कम्युनिटी अध्यक्ष कमलराज खनालले जानकारी दिए । खनालले टिकट ‘सोल्ड आउट’ भइसकेको बताएका छन् । भूकम्प आएको झण्डै वर्षदिन हुनै लाग्दा कम्युनिटीले कार्यक्रमबाट बचेको केही रकम भूकम्प पीडितलाई दिने जनाएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी