लन्डन । नेपाली नयां वर्षको अवसरमा उलवीचमा हुन लागेको सनराइज शुभकामना सांझमा तीन चर्चित कलाकारहरुको सांगीतिक भिडन्त (दोहोरी) हुने भएको छ । चर्चित गायकहरु शिव परियार, रामजी खांड र गायिका देविका केसी सम्मिलित कार्यक्रम आगामी अप्रिल १२ तारिख सांझ स्थानीय लोटस क्लवमा हुन लागेको हो ।
कार्यक्रमको आयोजक हुन् प्रकाशराज कंडेल ।
कार्यक्रममा साउण्ड सिस्टम हेर्ने जिम्मा हेम बिष्टलाई दिइएको छ ।
यतिखेर बेलायत टुरमा रहेका गायक खांड र गायिका केसीको माग अत्यधिक छ । उनीहरु सोमबार सांझमात्र बर्मिंगहममा शान्ति नेपाली समाज बेलायतको कार्यक्रममा सहभागी भए भने आगामी साता ग्रेटर रसमोर नेपलिज कम्युनिटीको नयां वर्ष सांझ गर्दैछन् ।
कंडेलले यसअघि गायिकाहरु इन्दिरा जोशी र सुनिता दुलाल एवं नृत्य निर्देशक गोविन्द राईलाई बोलाएर सोही क्लवमा कार्यक्रम गरेका थिए ।
यसबाहेक उनले रमिला न्यौपाने र कुलेन्द्र विश्वकर्माको कार्यक्रम पनि गरेका थिए ।
कंडेलले नेपालबाट राष्ट्रिय कलाकार यूके आएका बेला नेपालीहरु धेरै बसोवास रहेको लन्डन साउथ इष्ट क्षेत्रमा कार्यक्रम गरेर मनोरन्जन प्रदान गर्ने उद्देश्य आफ्नो रहेको जनाए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी