परिषदले तीन साहित्यिक जोडीलाई सम्मान गर्ने

लन्डन । नेपाली साहित्य विकास परिसद यूकेले नयां वर्ष २०७३ का अवसरमा यस वर्ष पनि परिषदमा आवद्ध सक्रिय पदाधिकारी दम्पतीहरूलाई विशिष्ठ सम्मान गर्ने भएको छ ।

परिषदले स्थापनाकाल देखि नै सल्लाहकार रहंदै आएका 
वरिष्ठ साहित्यप्रेमी समाजसेवीद्वय यती पूर्व अध्यक्ष कवि हरिविभोर कार्की तथा श्रीमती मीरा कार्की एवं यती पूर्व उपाध्यक्ष तथा कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा तथा श्रीमती संगीता थापा र परिषदका सक्रिय उपाध्यक्ष पत्रकार साहित्यकार वाचस्पति रेग्मी तथा श्रीमती गंगा रेग्मी गरी तीन जोडी छन् ।

परिषदले उक्त विशिष्ठ साहित्य सम्मान परिषदको संस्थागत आन्तरिक संगठन तर्फको विशिष्ठ सम्मान रहेको जनाएको छ । यस अगाडि घोषणा भएको पुरस्कार पदक सम्मान र यो विशिष्ठ सम्मान आगामी ११ अप्रिल सांझ वेम्ली तन्दूरी रेस्टूरेन्टमा हुने २७ औं साहित्य सन्ध्या २०७३ कार्यक्रममा सुशोभन गरिने परिषद अध्यक्ष सुरेशजंग शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री