लन्डन । भारतीय मानव तस्करहरुले नेपाली बालबालिका सस्तो दाममा बेचेर तिनलाई बेलायती परिवारले यहां दास बनाइरहेको भन्ने बेलायती अखवारको दावीप्रति सर्वत्र चिन्ता व्यक्त भएको छ । महिला बालबालिकाको हितमा काम गर्ने बेलायतस्थित नेपाली संघसंस्थाले मानव बेचविखन गम्भीर अपराध भएको जनाउंदै घट्नाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपलिज् वुमन हेल्पिंग हेन्ड्स यूकेकी अध्यक्ष तारा पौडेलले एक विज्ञप्तिमार्फत गत वर्ष बैशाखमा गएको भूकम्पले थिचोमिचो भई आफन्त र सम्पत्ति गुमाउन पुगेका बालबालिकाहरुलाई मानव तस्करहरुले भारतीय बजार हुंदै बेलायतमा बेचेको कुरा सुन्दा अति नै दुखित र चिन्तित बनाएको जनाएकी छिन् ।
उनले बालबालिका बेचबिखन राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, सम्झौता र नियमका आधारमा जघन्य अपराध भएको उल्लेख गदै यस्तो अपराधिक गतिविधिमा भारतीयमात्र नभई नेपाल र अन्य मुलुकका तस्करहरु समेत संलग्न हुने भएकाले कानुनी दायरमा ल्याउन सम्वन्धित निकायमा आग्रह गरेकी छिन् ।
बेलायती गृहमन्त्री टेरेजा मेले उक्त समाचार प्रति छानबिन गर्न नेशनल क्राइम एजेन्सीलाई अनुरोध गरेकामा त्यसको स्वागत गर्दै बालबालिका बेचबिखनमा संलग्न अपराधीहरुलाई छानवीन गरि सशक्त कारवाही गर्न र तस्करी गरिएका बालबालिकाहरुको पहिचान गरि उनीहरुका आफन्त अथवा सम्बन्धित समुदायमा फिर्ता पठाउन आवश्यक कदम चाल्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।
उता, नेपाली बालबालिका भारत हुंदै बेलायतमा दास बनाइंदै गरेको समाचारप्रति नेपालको लागि अन्तर्राष्ट्रिय ऐक्वद्धताले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हालै गठित उक्त संस्थाले बेलायती गृहमन्त्री टेरेजा मेले छानवीन प्रक्रिया अगाडि बढाउन सम्वन्धित निकायलाई गरेको आग्रहको स्वागत गर्दै बालबालिका बेचबिखन तथा दासत्व विरुद्ध कडा भन्दा कडा आवाज उठाउने प्रतिवद्धता जाहेर गरेको छ ।
उसले मानव बेचबिखन विरुद्धका अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन गर्न नेपाल सरकार, बेलायत सरकार, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सम्बन्धित
निकायहरुसंग मिलेर काम गर्न संस्था तयार रहेको समेत जानकारी गराएको छ ।
के थियो घट्ना ? कान्तिपुर लेख्छः
गत वर्षको विनाशकारी भूकम्पबाट बांचेका नेपाली वालवालिकालाई सस्तोमा किनेर बेलायती धनाढ्य परिवारले यहां दास बनाइरहेको समाचार प्रकाशमा आएको छ ।
मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला वालवालिकालाई जनही ५ हजार २५० पाउण्डमा बेचेर उनीहरुलाई यहां दास बन्न वाध्य बनाएका हुन् । तस्करहरुले घर पालुवा वस्तुको भन्दा कम भाउमा वालवालिका बेच्ने गरेका छन् ।
तस्कर गिरोहले बेचिएका वालवालिकालाई भारतमै केही समय तालिमपछि घुस दिएर बनाइएको फर्जी कागजातमार्फत बेलायत पठाउने गरिरहेको समाचारमा उल्लेख छ ।
दैनिक १७ लाख ४२ हजार बढि प्रति छापिने र लाखौं पाठक भएको अखवार दि सन्का अन्डरकभर रिपोर्टरले गोप्य रुपमा गरेको खोज अनुसार, भारतीय मानव तस्कर मख्खन सिंहले वालवालिकालाई लाइनमा राखेर रोजी रोजी किन्न अफर गरिरहेका थिए । पत्रिकाले नेपाली सिमा नजिक अमृतसरस्थित गोल्डेन टेम्पलबाट ५० माइल टाढा रहेको जलान्धारबाट खोजी शुरु गरेको थियो ।
सन्का खोजकर्ता बेलायतमा बसोवास गर्ने धनाढ्य सिख परिवारको भएको, उसकी श्रीमति विरामी र आमा वृद्ध भएकाले उनीहरुले नोकर खोजीरहेको बहानामा प्रस्तुत भएका थिए । उनलाई मन्दिर नजिक एकान्त ठाउंमा बोलाइएको थियो जहां तस्कर सिंह मोटरबाइकमा आइपुगेका थिए । सुटुक्क श्रव्य दृश्य खिचिएको चाल नपाएका ति तस्करले गर्वका साथ धेरै वालवालिका बेलायत पठाएको बताएका थिए । उनले आफूले नोकर बस्ने वालक उपलव्ध गराइदिन सक्ने तर उसलाई बेलायत लैजान चाहिने कागजात आफैं व्यवस्था गर्नुपर्ने भनेका थिए ।
पत्रिकाका संवाददाताले वालवालिका बेचविखन त अप्ठेरो काम होइन भन्दा सिंहले नेपाल भूकम्पले ध्वस्त भएकाले अधिकांश नेपाली यतै भएको र भारतमा पनि त्यस्ता केटाकेटी पर्याप्त भएको बताएका थिए ।
‘हामी गरिव परिवारकहां जान्छौं र कुराकानी गरेर डिल गर्छौं’, सिंहले भनेका थिए । उनले १२ वा १३ वर्षका वालवालिका लैजान पनि सुझाएको सन्ले लेखेको छ ।
उनले नेपाल वा बिहार जहांको लगे पनि हुने तर यो वापत ५ लाख भारतीय रुपैयां वा ५ हजार २५० पाउण्ड तिर्नुपर्ने भनेका थिए ।
सिंहले वृद्ध आमा र विरामी श्रीमतिको रेखदेख गर्न र खाना पकाउन नेपाली लैजान सुझाव दिंदै अधिकांश इंग्ल्याण्ड लगिएका वालवालिका नेपाली भएको समेत बताएका थिए ।
मानव तस्करले भारतीय राज्य बिहारका गरिव परिवारका वालवालिका पनि बेच्ने गरेको समाचारमा उल्लेख छ ।
‘हामीले २० वटा अरु सप्लाइ गर्नुछ, म सामान्यतया ५ वा १० मिनेटमा डिल गरिसक्छु’, उनले पैसा केही बार्गेन गर्न खोज्दा आनाकानी गर्दै भनेका थिए, ‘हामीले पनि केटाकेटीका अभिभावकलाई दिनुपर्छ । लाने नलाने तपाईंको विचार हो किनकि तपाईं मात्र हाम्रो एक्लो ग्राहक होइन ।’
बेलायती गृहमन्त्री टेरेजा मेले अखवारको उक्त सनसनीपूर्ण समाचारबारे छानवीन गर्न नेशनल क्राइम एजेन्सीलाई आग्रह गरेकी छिन् । ‘वालवालिका बेचवखन एउटा घृणित अपराध हो, कुनै पनि वालवालिकालाई दास बनाइनु हुन्न’, गृहमन्त्री मेले सन् पत्रिकासंग भनेकी छिन् । उनले वालवालिकाको जीवनरक्षाका लागि गत वर्ष आजीवन जेल सजायं तोक्दै दास प्रथा विरुद्ध कडा ऐन ल्याइएको पनि जनाएकी छिन् ।
गत वर्ष मानव तस्करी गरि करिब एक हजार वालवालिका बेलायत ल्याइएको अनुमान छ । ति वालवालिका कि त घरेलु काममा दास बनाइएका छन् कि यौन शोषणको शिकार । यहां भारत, नेपालबाहेक अल्बानिया, भियतनाम र नाइजेरियाबाट बढि वालवालिका तस्करी हुने गरेको छ । वालवालिका बेचविखनबाट वार्षिक २० विलियन पाउण्ड मुनाफा हुने पनि समाचारमा छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग