
काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने हुनुभएको छ ।
पौडेल पक्षीय नेताहरुको आज भएको भेलाले नेता पौडेललाई सर्वसम्मतिबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा यसअघि नै सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित भइसकेको छ । हालै सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा पार्टीको सभापति पदमा देउवासँग नेता पौडेल पराजित हुनुभएको थियो ।
सभापति देउवा पहिलो संविधानसभामा पार्टीेको संसदीय दलको नेताको निर्वाचनमा नेता पौडेलसँग र दोस्रो संविधानसभामा पूर्वसभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो । काँग्रेसका संसदीय दलका नेता कोइरालाको असामयिक निधन भएपछि रिक्त भएको उक्त पदको निर्वाचन हुन लागेको हो ।
निर्वाचन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाई निर्वाचनको तयारी गरिरहेको छ । नयाँ संविधानअनुसार पार्टीले संसदीय दलको विधान संशोधन गर्न सोमबार संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने