
काठमाडौँ, २१ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने हुनुभएको छ ।
पौडेल पक्षीय नेताहरुको आज भएको भेलाले नेता पौडेललाई सर्वसम्मतिबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।
यही चैत २४ गते हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा यसअघि नै सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित भइसकेको छ । हालै सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा पार्टीको सभापति पदमा देउवासँग नेता पौडेल पराजित हुनुभएको थियो ।
सभापति देउवा पहिलो संविधानसभामा पार्टीेको संसदीय दलको नेताको निर्वाचनमा नेता पौडेलसँग र दोस्रो संविधानसभामा पूर्वसभापति सुशील कोइरालासँग पराजित हुनुभएको थियो । काँग्रेसका संसदीय दलका नेता कोइरालाको असामयिक निधन भएपछि रिक्त भएको उक्त पदको निर्वाचन हुन लागेको हो ।
निर्वाचन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाई निर्वाचनको तयारी गरिरहेको छ । नयाँ संविधानअनुसार पार्टीले संसदीय दलको विधान संशोधन गर्न सोमबार संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएको छ ।
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप