
लन्डन । लिभरपुल होप युनिभर्सिटीमा सोसल पोलिसी (मास्टर लेभल) मा अध्ययनरत प्रणयराज शाक्य एस यू सबबाटिकल रनर अप अवार्डबाट सम्मानित भएका छन् । यस युनिभर्सिटीमा यो अवार्ड पाउने उनी पहिलो अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अन्तर्राष्ट्रिय विद्यार्थी भएर उनले अन्य विद्यार्थीको हकहितका लागि काम गरेकामा त्यसको सरहाना गर्दै एनयूएस यूकेबाट सम्मान स्वरुप इन्टरनेशनल स्टुडेन्ड अफिसर अफ दि इयर २०१६ रनर अपको उपाधि पाएका हुन् ।
सन् २०१४ मा प्रणयले गोल्डेन स्टुडेन्ट अफ दि इयर अवार्ड समेत पाएका थिए ।
गत मार्चमा भएको विद्यार्थी चुनावमा प्रणय २०१६, २०१७ का लागि पुनः नेतृत्वमा चुनिएका छन् । उनी एसयू भाइस प्रेसिडेन्ट फर एजुकेशनमा निर्वाचित भएका हुन् ।
लिभरपुल होप युनिभर्सिटीको सन् १८८४ देखिको इतिहासमा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई कार्यकाल निर्वाचित हुने प्रणय पहिलो विद्यार्थी भएको बताइएको छ । उनको यो कार्यकालमा विद्यार्थीहरुलाई बेलायतको उच्च शिक्षाको मापदण्ड अनुसार पाठ्यक्रम र त्यसलाई कार्यान्वयन गर्न युनिभर्सिटीसंग मिलेर काम गर्ने बताए ।
प्रणय सन् २०१३ मा उच्च शिक्षाका लागि बेलायत आएका हुन् । उनले छोटो अवधिमै लिभरपुल होप युनिभर्सिटी माझ नेपाल र नेपाली चिनाउने थुप्रै काम गरेका छन् । उनले आफ्नो कार्यकालमा लिभरपुल होप युनिभर्सिटी अध्ययनरत विद्यार्थीलाई नयां भाषा सिक्ने मौका देखि तालिमहरु समेत दिएका छन् । नेपाल मा विनाशकारी भूकम्पपछि सहयोग तथा उद्दारका लागि उनी नेपाल पुगेका थिए ।
उनले आफ्नो विश्वविद्यालयबाट आर्थिक सहयोग संकलन गरि सांखु र धादिंगमा टिनको अस्थायी आवास गृह बनाएका थिए । प्राथमिक विद्यालय स्तरका वालवालिकामा भूकम्पपछिको पोष्ट ट्रमाटिक विकासका काम र विभिन्न प्रोजेक्ट गर्ने उनको भावी योजना समेत छ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग