एनअारएनए युकेका सदस्यहरूलाई नेपाली पसलहरूमा सुविधा

Kent 2
लण्डन । एनआरएनए बेलायतले सदस्यहरूलाई सहुलियत अभियान तीव्र पारेकाे छ ।
आफ्ना सदस्यहरुलाई के कस्ता सेवा सुविधा र सहुलियत भन्ने बारेमा बेलायतका मुख्य मुख्य नेपाली बस्तीहरु भएको ठाउँमा नेपाली व्यवसायीहरुसँग परामर्श गरिरहेको अध्यक्ष मुच्छेत्र गुरूङले जानकारी गराउनु भयाे ।
नेपालीका मुख्य बस्तीहरु ह्यामसायर, बाक्सायर र रिडिङमा रहेका व्यवसायीहरुसग सम्झौता भइसकेको बताउँदै गुरुङले बेलायतका पूर्वी शहर केन्टस्थित फोल्क्स्टनमा शुक्रवार एभरेष्ट क्याफे एण्ड बार,एभरेष्ट क्यास एण्ड क्यारी, गोर्खा प्यालेस नेपाली रेष्टुरेन्ट, ओरेन्टियल बफेट रेष्टुरेन्ट एण्ड बार, गोर्खा हिल, पोखरा ट्राभल, र लेमोन लिफ रेष्टुरेन्ट एण्ड बार साथै आश्फोर्डमा नमूना रेष्टुरेन्ट, सेवा सुन पसल, प्रिमियर मिनी मार्टका व्यवसायीहरुसँग सम्झौता भएको बताए ।
अाफ्ना सदस्यहरुलाई भरपूर सेवा र सुविधा पुर्याउने लक्ष्य रहेको संघका उपाध्यक्ष राष्ट्र राईले बताए ।
एनआरएन सदस्यता किन बन्ने र यसबाट के कस्ता सेवा र सुविधा पाउन सकिन्छ भन्ने सवालमा गुरुङले एनआरएन  भनेको सबै नेपालीहरुको साझा संस्था भएकाे र घरपरिवारको लागि दैनिक सपिङ र छुट्टीको समयमा परिवारसंग रेष्टुरेन्टमा खाना खान, सुन चाँदी पसलमा गरगहना किन्न र मर्मत गर्न जाँदा एनअारएनए युकेका सदस्यले छुट सुविधा पाउने बताए ।
चुनाबको समयमा मात्र सदस्य नबनेर अरु बेला पनि यो संस्था राम्रो रहेछ भन्ने अन्तरमनले बुझेर सदस्य बन्न पनि गुरुङले आव्हान गरे ।
Kent 4

प्रतिक्रिया

सम्बन्धित सामाग्री