लण्डन । युकेको ठूलो सामाजिक संस्थामध्ये एक मगर संघ युकेको अध्यक्षमा नेम थापामगर चयन भएका छन् ।
संघको शनिबार अल्डरसटमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेसनले थापालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार नै सम्पन्न मतदानमा थापाले १९१ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्याशी हिमाली रानामगरले ६० मत प्राप्त गरिन् ।
वरिष्ठ उपाध्यक्ष पदमा योगकुमार फगामी निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा बम थापा सूर्यवंशीमगर र श्रीमती सीता पुनमगर चुनिएका छन् । उनीहरुले क्रमशः २०५ र १७३ मत ल्याए उपाध्यक्ष पदका अर्का उम्मेदवार ईन्द्र पुनले ९५मत मात्र ल्याए । महिला उपाध्यक्ष पदमा श्रीमती अनिता रानामगर निर्विरोध भएकी छिन् ।
महासचिव पदमा लालबहादुर पुन, सचिवमा वीरप्रसाद घर्तीमगर, कोषाध्यक्षमा नेत्र आलेमगर, सहकोषाध्यक्ष पदमा होम रोका सर्वसम्मत निर्वाचित भएका छन् । १२ जना सदस्यका लागि भएको निर्वाचनमा रमेश राना, मोहन आलेमगर, निर्मल श्रीश, दीप राना, वीरबहादुर पुन, रुद्र थापामगर, धनकुमार बुढामगर, दधिबन्धु घर्तीमगर, तुलचन्द्र तिलिजा, रमेशकुमार दुरामगर, श्रीमती दुर्गा पुन र श्रीमती धन रोकामगर निर्वाचत भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड सान्त पुनले सपथ गराएका थिए भने संस्थापक अध्यक्ष थर्कबहादुर राना खादा र निवर्तमान अध्यक्ष दुतबहादुर पुनले टीक लगाएका थिए ।
नवनिर्वाचित अध्यक्ष थापाले मगर संघ युकेलाई आन्तरिक र बाह्यरुपमा सशक्त बनाएर लैजाने प्रण गरेका थिए ।
यसअघि सम्पन्न बन्दसत्रमा संघको आर्थिक, सांगठानिक, विधान संशोधन प्रतिवेदन पारित गरिएको थियो । यस्तै विभिन्न शाखाहरु तथा केन्द्रीय विभागहरुले आफ्ना प्रतिवेदन पेश गरेका थिए ।
अध्यक्ष दुतबहादुर पुनको अध्यक्षतामा भएको खुला तथा बन्द सत्रमा मगर संघ युकेका सल्लाहकारहरु तथा विभिन्न ओहोदामा जिम्मेवारी लिएका मगरहरुलाई बधाई दिइएको थियो । जसमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर र महासचिव लीलामान शेरपुन्जामगर, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुन लगायत थिए ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय