लन्डन । समरले शुरुवातको संकेत दिइरहंदा यदि तपाईंहरु वेल्स् स्कन्डभेल वा त्यताको अन्य रमणीय क्षेत्रतिर होलिडे जाने सोच्नु भएको छ भने तपाईंलाई थप रोमाञ्चक क्षण दिलाउनेछ ‘लायन किज् होटल एण्ड स्पा’ ले ।
प्राकृतिक सौन्दर्यता र बेलायती सम्पदाको चिनारी दिने क्षेत्र स्रोपसायरमा सञ्चालित छ ‘लायन किज् होटल एण्ड स्पा’ । त्यहांबाट अढाइ घण्टा ड्राइभमा कार्डिफ र ३ घण्टामा स्कन्डभेल आश्रम पुगिन्छ । लन्डनबाट नियमित ड्राइभ गर्दा हुने थकान यही बास बसेर स्पाको आनन्द लिंदा सबै मेटिने वेल्स् मा नर्सिङ होम सञ्चालन गरिरहेका वी पी खनाल बताउंछन् ।
होटलबाट ३० मिनेट हिंडेपछि यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको चिर्क क्षेत्र पुगिन्छ । ८८ माइल कभर गर्ने ल्याङगोलेन कनालको किनारमा अवस्थित उक्त होटल एण्ड स्पामा समय बिताउन स्वर्गीय आनन्द लाग्छ । ल्याङगोलेन कनालको ११ माइल दुरी यूनेस्कोको विश्व सम्पदा सूचीमा छ ।
८२ कोठा भएको चार तारे उक्त होटलमा वाटरसाइड रेष्टुरेन्ट, विशेष सुविधासहितका डबल, ट्वीन र सिंगल रुम, स्पा साथै जिम सेवा उपलव्ध छन् ।
‘होलिडे भनेको केवल लामो यात्रा तय गरेर कहीं गन्तव्य पुग्नुमात्र होइन, यसले विलासिता, आराम र स्मृतिमा केही रोमाञ्चक क्षण कैद गर्न सक्नुपर्छ’, सञ्चालक डा. अशोक बन्सल भन्छन् । उनले नेपाली ग्राहकलाई विशेष सहुलियत दिइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बन्सल नेपाली समुदायसंग निकट छन् यतिखेर । उनी ह्यारीको नेपाल भ्रमणताका ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको विजनेश डेलिगेसनमा पनि सामेल थिए जहां बेलायती र नेपाली व्यवसायी गरि दर्जनको सहभागिता थियो ।
लायन किज् पहिला लायन इन पबका रुपमा सञ्चालित थियो । त्यसका मालिकले छाडेपछि त्यसै खेर गइरहेको जमिन सदुपयोग गर्ने सोचले सन् २००४ डिसेम्बरमा अर्को व्यापारिक समूहले होटल शुरु गरेको हो । त्यही स्थानमा वाटर साइड नामक रेष्टुरेन्ट चलाएको वर्षदिनपछि खुलेको थियो होटल । सन् २००८ देखि भने यहां होटलसहित कन्ट्री क्लब (खेलकुद क्लव) जिम र स्पामा विस्तार गरिएको हो ।
Lion Quays Hotel & Spa
Weston Rhyn
Oswestry
Shropshire
SY11 3EN
+44(0) 1691 684 300
http://www.lionquays.co.uk
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत