
काठमाडौँ, १८ चैत । सूचना तथा सञ्चामन्त्री शेरधन राईले हालै वृद्धि गरिएको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि छलफल अघि बढाउनुभएको छ ।
न्यूनमत पारिश्रमिक वृद्धिका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार पत्रकारको पारिश्रमिक व्यवहारमै कार्यान्वयन गर्ने विषयमा मन्त्री राईले ठूला सञ्चारगृहका लगानीकर्तासँग परामर्श गर्नुभयो ।
मिडिया सोसाइटीको नेतृत्वमा सञ्चार मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसका आधारमा सरोकारवाला सङ्घसंस्था र विज्ञको सुझावका आधारमा न्यूनतम तलव निर्धारण गरिने बताउनुभयो ।
मन्त्री राईले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र न्यूनतम पारिश्रमिक वृद्धि गर्ने सवालमा सकारात्मक ढङ्गबाट सहयोग गर्नसमेत मिडिया लगानीकर्तासँग आग्रह गर्नुभयो ।
सोही अवसरमा मिडिया सोसाइटीका प्रतिनिधिले न्यूनतम निर्धारण समितिले सिफारिस गरेको १९ हजार ५०० अहिलेकै अवस्थामा लागू गर्न कठिन हुने बताएका थिए ।
मिडिया सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठले लगानीकर्ताको सहभागिताबिना न्यूनतम पारिश्रमिक समितिले एकलौटी रूपमा गरेको सिफारिस आफूहरूलाई मान्न नहुने बताउनुभयो । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सबै पक्षको छलफलका आधारमा समस्याको समाधान गरिने बताउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने