काठमाडौँ, १८ चैत । सरकारले बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार सम्पन्न युरोपेली सङ्घ (इयु)–भारत १३औँ सम्मेलनपछि जारी संयुक्त वक्तव्यप्रति आपत्ति जनाएको छ ।एकचालिसबुँदे संयुक्त वक्तव्यको १७ नं बुँदामा ‘इयु र भारतले भूकम्पपछिको पुनःनिर्माणमा नेपालको प्रयासमा क्षमता अभिवृद्धिसहित दीर्घकालीन विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै दिगो राजनीतिक स्थायित्वको प्रवद्र्धन र आर्थिक वृद्धिका लागि समावेशी संवैधानिक व्यवस्था गर्न तथा संविधानका बाँकी विषय समयबद्ध रुपमा सम्बोधन गर्नुपर्ने’ उल्लेख गरिएकामा त्यसप्रति सरकारले आपत्ति जनाएको हो ।
“लोकतान्त्रिक रुपमा निर्वाचित संविधानसभाबाट संविधान जारी भएको सबैलाई विदित छ, संविधानले नेपाली जनताका भावना पूर्णरुपेण समायोजन गरेको छ, संविधान जारी भएसँगै २०६३ सालमा राष्ट्रिय रुपमा थालिएको शान्तिप्रक्रिया औपचारिक निष्कर्षमा टुङ्गिएको र त्यसले सङ्घीय एवम् गणतन्त्रात्मक प्रणालीसहित लोकतन्त्रका उपलब्धिलाई संस्थागत गरेको छ”– इयु–भारत संयुक्त वक्तव्यप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
संविधान लेखन तथा त्यसको घोषणा मूलतः एउटा मुलुकको आन्तरिक मामिला हो र अहिले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको मार्गमा अग्रसर भएको उल्लेख गर्दै विज्ञप्तिमा इयु र भारतको संयुक्त वक्तव्यबाट नेपाली जनताको भावनामा मात्र चोट पुगेको नभई त्यसले एउटा राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने मौलिक सिद्धान्तको अवज्ञा तथा राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका मान्यताको उल्लङ्घन गरेको जनाइएको छ ।
नेपाली जनताको सार्वभौम एवम् लोकतान्त्रिक अधिकारको पूर्ण सम्मान गर्न र त्यस्ता अनावश्यक वक्तव्य नदिन सरकारले सम्बद्ध सबैलाई आग्रह गर्दै नेपाल सरकार र नेपाली जनता संविधानको दायराभित्र रहेर आफ्ना समस्या समाधान गर्न पूर्ण सक्षम रहेको स्पष्ट गरेको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा