
काठमाडौँ, १८ चैत । देशका पाँच कलाकारका चित्रको प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि सुरु भएको छ ।
यही चैत २३ गतेसम्म चल्ने ‘ऐक्यबद्धता’ शीर्षकको उक्त प्रदर्शनीमा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नगेन्द्रप्रसाद पौड्याल, देवेन्द्र थुम्केली, केशवराज खनाल र अनिता खनाल भट्टराईका ३० चित्र राखिएका छन् ।
‘ब्रह्माण्ड’ र ‘सृष्टि’का विषयलाई लिएर कलाकार श्रेष्ठले चित्र तयार पार्नुभएको छ । उहाँले चराचर जगतको ब्रह्माण्डसँगको अन्तरसम्बन्ध र यस संसारको सृष्टिका विषयलाई कलात्मक रुपमा संयोजन गर्नुभएको छ ।
कलाकार पौड्यालले पूर्वीय मूल्य र मान्यतालाई रङ र बिम्बका माध्यमबाट चित्र बनाउनुभएको छ । उहाँले विशेषगरी आध्यात्मिक विषयलाई समसामयिक सन्दर्भसँग तुलना गरेर बनाएका चित्रमा अधिक मात्रामा प्रतीकको प्रयोग गर्नुभएको छ ।
त्यस्तै, थुम्केलीले समाजको खराब पक्षको ‘मुखुण्डो’लाई सिर्जनात्मक रुपमा उतार्नुभएको छ । अव्यवस्थित सहरीकरणले हाम्रा सामाजिक मूल्य र मान्यतामाथि गरेको हस्तक्षेप र निर्माण गर्न खोजेको विकृतिलाई सटिक र सरल रुपमा प्रस्तुत गर्दै कलाकार भट्टराईले चित्र बनाउनुभएको छ ।
त्यसैगरी, नारीलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्दै कलाकार खनालले नारी शक्तिलाई कलात्मक रुपमा प्रस्तुत गर्नुभएको छ । ‘जरा फाउण्डेसन’ को आयोजनामा भएको सो प्रदर्शनीको शुभारम्भ गर्दै साहित्यकार उषा शेरचनले कला सबैको प्रिय विधा भएको उल्लेख गर्दै कला, साहित्य र सङ्गीतले नेपाली संस्कृति निर्माणमा ऐक्यबद्धता जाहेर गरेको बताउनुभयो ।
प्रदर्शनीका संयोजक तथा सहभागी कलाकार श्रेष्ठले ऐक्यबद्धता प्रदर्शनीले नेपाली समसामयिक कलामा सिर्जनात्मकताको नमुना पेस गरेको बताउँदै सिर्जनाका सबै विधा र सर्जकको सामूहिक प्रयासले मात्रै नेपाली संस्कृतिको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
फाउन्डेसनका महासचिव महेश पौड्यालले नेपाली कला, साहित्य र सङ्गीतका क्षेत्रमा संस्थाले काम गरेको बताउँदै समाजको अवस्था र परिस्थितिलाई कला पदर्शनीले समेट्न सकेको बताउनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह