
नेपालको लगातार तेस्रो जित
काठमाडौँ, १८ चैत । प्रथम दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगितामा नेपालको अपराजित यात्रा कायम राख्दै तेस्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबड हलमा आज भएको खेलमा नेपालले भुटानलाई ९०–३२ ले पराजित गरयो । भावना लामाले २१ अङ्क जोडेपछि नेपालको जित प्रभावशाली भयो ।
पहिलो क्वाटरमै २४–९ को अग्रता लिएको नेपालले अन्तिमसम्म अग्रतालाई कायम राख्दै क्रमशः ३४–६, १६–७ र १६–१० अङक जोड्यो । यसअघि भएका आफ्ना दुवै खेलमा नेपालले बङ्गलादेश र माल्दिभ्सलाई हराइसकेको छ ।
आजै भएको पहिलो खेलमा माल्दिभ्सले बङ्गलादेशलाई ६२–२८ ले पाखा लगायो । प्रतियोगिताअन्तर्गत शुक्रबार श्रीलङ्का र बङ्गलादेश तथा माल्दिभ्स र भुटानबीच खेल हुनेछन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक