
लन्डन । गत वर्ष गठित ब्रिटिश गोर्खा नेपाली परिषद नामक संस्था विस्तार गरिएको छ । परिषदको हालै सम्पन्न बैठकले कार्यसमिति विस्तार गरेको हो ।
विस्तारित कार्यसमितिमा अध्यक्ष एकराज नेम्वाङ, उपाध्यक्षहरु किरण टी लिम्बु, प्रमिला लावुङ राई, किशोर गुरुङ, महासचिव भरतमणी
चोम्वाङ र सचिवमा निया देवान छन् ।
त्यसैगरि, सदस्यहरुमा सन्जयभक्त कंडेल, रोमियन वनेम, कुमार इश्वो, मनोज गुरुङ र सुवास राई रहेका छन् ।
बैठकले महासचिव सरहको कार्यक्षेत्र अधिकार रहने गरि विभागीय प्रमुखहरु पनि चुनेको छ । जसमा पत्रकारिता विभाग प्रमुखमा सन्जयभक्त कंडेल, साहित्यिकतर्फ कुमार इश्वो, संगीतमा पारु राई, कलाकारिता विभाग प्रमुखमा रोमियन वनेम र खेलकुदतर्फ विष्णु गुरुङ र सकुन नेम्वाङ छन् ।
क्षेत्रीय संयोजकहरुमा ज्ञान गुरुङ, रामजी राई, नरेन्द्र लिम्बु, सन्देश नेम्वाङ, आर के मल्ल, छत्र वनेम, इतिशा नेम्वाङ राई, सप्तराज राई र विजय लिङथेपलाई तोकिएको छ ।
परिषदको बैठकले भविष्यमा शाखा विस्तार गर्दै जाने, समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वको पहिचान गरि सम्मान र पुरस्कृत
गर्ने भएको छ ।
साथै, संस्थाले सांस्कृतिक कार्यक्रम, च्यारिटी र अन्य विभिन्न माध्यमबाट आर्थिक संकलन गरि नेपालमा पिछडिएका समुदायको हित र विकासका लागि काम गर्ने अठोट लिएको छ ।
संस्थाले सबै संघसंस्था र समुदायसंग हातेमालो गर्दै अगाडि बढ्ने र जुलाईदेखि अगष्टसम्म गोर्खा कल्चरल नाइट समर कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी