
नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसको अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गएरहेको मैत्रीपूर्ण फुटबल खेलमा सहभागी राजनीतिक दल रातो जर्सीमा र निलो जर्सीमा पत्रकारका टीमका खेलाडी। तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, १७ चैत । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भयो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पारयो ।
खेल सकिन एक मिनेट बाँकी रहँदा पत्रकार सुन्दर खनालले गोल गरेपछि पत्रकार टोलीको जित सुनिश्चित भएको हो । पहिलो हाफमा पनि उहाँले नै दुई गोल गर्नुभएको थियो ।
पत्रकारका सुदीप बुढाथोकीबाट एक आत्मघाती हुनपुग्यो । त्यस्तै जीवन केसीले अर्को गोल फर्काए पनि राजनीतिज्ञको जितका लागि पर्याप्त भएन ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्व गर्नुभएको थियो भने पत्रकार टोलीको नेतृत्व पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले गर्नुभएको थियो ।
युवा राजनीतिज्ञका बाहुल्यता भएको टोलीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, नेकपा (एमाले)का विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एनेकपा माओवादीका धर्मशीला चापागाइं तथा नयाँ शक्ति नेपालका गङ्गा श्रेष्ठलगायत हुनुहुन्थ्यो ।
त्यसैगरी, पत्रकार टोलीमा महासचिव उजिर मगर, दिलीप थापामगर, दिल तामाङ, सरस्वती ढकाललगायत हुनुहुन्थ्यो । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनीतिक दलबीच आत्मीयता बढाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो – “आगामी दिन यस्तो मैत्रीपूर्ण खेल आयोजना भइरहनुपर्छ ।”
गृहमन्त्री बस्नेतले धेरै समयपछि फुटबल खेल्दा रमाइलो अनुभव भएको बताउनुभयो । त्यस्तै युवा नेता थापाले खेल्ने अभ्यास नभएपनि दुवै टोलीका खेलाडीले पूरै अवधिभर डटेर खेलेको बताउनुभयो ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग