लन्डन । इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्शनले बेलायतमा पहिलो पटक मिसेस यूके नेपाल २०१६ प्रतियोगिता गर्ने भएको छ ।
मिसेस यूके नेपाल २०१६ को पहिलो अडिसन ७ मे शनिवार फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बिहान ११ देखि २ बजेसम्म र ग्राण्ड फिनाले आगामी ३० जुलाई, २०१६ मा इम्पायर हल, अल्डरसटमा तय भएको छ ।
विवाहित भएपनि आफ्नो प्रतिभा देखाउन वञ्चित महिलाको चाहनालाई मध्यनजर गर्दै यस्तो प्रतियोगिता गर्न लागिएको प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले जनाइन् ।
मिसेस यूके नेपाल २०१६ उपाधि जित्नेलाई ८०० पाउण्ड, फष्ट रनरअपलाई ५०० पाउण्ड र सेकेन्ड रनरअपलाई ३०० पाउण्ड नगदसहित क्राउन दिइनेछ । आयोजकले प्रतियोगितामा भाग लिन इच्छुक महिलालाई सम्पर्क गर्न भनेका छन् । सम्पर्क इमेलमार्फत [email protected] र मोवाइल नं. 07578365566 मा सम्पर्क गरि नाम दर्ता प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
यसैबीच, इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्सनले एकैसाथ मिस यूके नेपाल पनि गर्ने भएको छ । गत वर्ष स्थगित पांचौं मिस यूके नेपालको अडिसन पनि ७ मे शनिवार कै दिन गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोमा गर्ने निर्णय भएको हो । सो को ग्राण्ड फिनाले आगामी सेप्टेम्बरमा गर्ने भनिएपनि मिति र स्थान भने तोक्न बांकी छ ।
सुन्दरी अभावका कारण मिस यूके नेपाल गर्न आयोजकले सास्ती खेप्दै आएका छन् । इभेन्ट एण्ड आइडियाजकी निर्देशक गुरुङले इच्छुक युवतीहरुलाई सम्पर्क गर्न अपिल गरेकी छिन् ।
विजेताले मिसेस यूके नेपालकै सरह क्राउन र नगद राशी प्राप्त गर्नेछन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावकै कारण सन् २०१३ मा स्थगित गर्नुपरेको थियो । अध्ययन, जागिरले समय अभाव र भौगोलिक अवस्था पनि प्रतियोगी खडेरी हुने कारक रहेको अनुभव आयोजकसंग छ ।
यसअघिका प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै