लन्डन । इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्शनले बेलायतमा पहिलो पटक मिसेस यूके नेपाल २०१६ प्रतियोगिता गर्ने भएको छ ।
मिसेस यूके नेपाल २०१६ को पहिलो अडिसन ७ मे शनिवार फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बिहान ११ देखि २ बजेसम्म र ग्राण्ड फिनाले आगामी ३० जुलाई, २०१६ मा इम्पायर हल, अल्डरसटमा तय भएको छ ।
विवाहित भएपनि आफ्नो प्रतिभा देखाउन वञ्चित महिलाको चाहनालाई मध्यनजर गर्दै यस्तो प्रतियोगिता गर्न लागिएको प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले जनाइन् ।
मिसेस यूके नेपाल २०१६ उपाधि जित्नेलाई ८०० पाउण्ड, फष्ट रनरअपलाई ५०० पाउण्ड र सेकेन्ड रनरअपलाई ३०० पाउण्ड नगदसहित क्राउन दिइनेछ । आयोजकले प्रतियोगितामा भाग लिन इच्छुक महिलालाई सम्पर्क गर्न भनेका छन् । सम्पर्क इमेलमार्फत [email protected] र मोवाइल नं. 07578365566 मा सम्पर्क गरि नाम दर्ता प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।
यसैबीच, इभेन्ट्स एण्ड आइडियाज् प्रोडक्सनले एकैसाथ मिस यूके नेपाल पनि गर्ने भएको छ । गत वर्ष स्थगित पांचौं मिस यूके नेपालको अडिसन पनि ७ मे शनिवार कै दिन गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोमा गर्ने निर्णय भएको हो । सो को ग्राण्ड फिनाले आगामी सेप्टेम्बरमा गर्ने भनिएपनि मिति र स्थान भने तोक्न बांकी छ ।
सुन्दरी अभावका कारण मिस यूके नेपाल गर्न आयोजकले सास्ती खेप्दै आएका छन् । इभेन्ट एण्ड आइडियाजकी निर्देशक गुरुङले इच्छुक युवतीहरुलाई सम्पर्क गर्न अपिल गरेकी छिन् ।
विजेताले मिसेस यूके नेपालकै सरह क्राउन र नगद राशी प्राप्त गर्नेछन् ।
सन् २०१० देखि शुरु मिस यूके नेपाल प्रतिष्पर्धी अभावकै कारण सन् २०१३ मा स्थगित गर्नुपरेको थियो । अध्ययन, जागिरले समय अभाव र भौगोलिक अवस्था पनि प्रतियोगी खडेरी हुने कारक रहेको अनुभव आयोजकसंग छ ।
यसअघिका प्रतियोगिताले क्रमशः नवीना गुरुङ, गौमाया गुरुङ, दुर्गा गुरुङ र निया देवानलाई मिस यूके नेपालको उपाधि दिलाइसकेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह