काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
गत आवको उत्तराद्र्धको प्रारम्भमा भूकम्प जाँदा आर्थिक वृद्धिमा कमी आई तीन प्रतिशतमा सीमित भएको जनाउँदै उक्त बैंकले आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो ।
भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको तथा ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष उक्त बैंकले निकालेको छ ।
पुनर्निर्माण र पुँजीगत खर्च वृद्धिमा जोड दिँदै उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकबाट नेपालले फाइदा उठाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,–“मानव संशाधन र भौतिक पूर्वाधारमा लगानी बढाए नेपालको आर्थिक वृद्धि बढ्न सक्छ ।”
जलविद्युत् परियोजना तथा पुनर्निर्माणका काम तीव्र गतिमा भएमा आर्थिक वृद्धि बढ्ने तर्क गर्दै योकोयामाले खरिदसम्बन्धी प्रक्रियागत जटिलता अन्त्य गर्नुपर्ने बताउनुभयो । विप्रेषणको आप्रवाहमा भएको उच्च वृद्धिका साथ आयातमा भएको कमीले चालु खाता बचत अघिल्लो आवको ४.६ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको ५.१ प्रतिशतले विस्तार भएको बताउँदै उहाँले चालु आवमा औसत मुद्रास्फीति बढ्ने जानकारी दिनुभयो ।
खाद्य पदार्थको मूल्य वृद्धि ११.८ प्रतिशत र गैरखाद्य वस्तुको मूल्यवृद्धि ९.५ प्रतिशतको औसतमा रहने अनुमान गरिएको बताउँदै योकोयामाले आगामी आवमा मुद्रास्फीति ८.२ प्रतिशत रहने बैंकको प्रक्षेपण सुनाउनुभयो ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग