काठमाडौँ, १७ चैत । एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।
गत आवको उत्तराद्र्धको प्रारम्भमा भूकम्प जाँदा आर्थिक वृद्धिमा कमी आई तीन प्रतिशतमा सीमित भएको जनाउँदै उक्त बैंकले आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो ।
भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको तथा ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष उक्त बैंकले निकालेको छ ।
पुनर्निर्माण र पुँजीगत खर्च वृद्धिमा जोड दिँदै उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकबाट नेपालले फाइदा उठाउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो,–“मानव संशाधन र भौतिक पूर्वाधारमा लगानी बढाए नेपालको आर्थिक वृद्धि बढ्न सक्छ ।”
जलविद्युत् परियोजना तथा पुनर्निर्माणका काम तीव्र गतिमा भएमा आर्थिक वृद्धि बढ्ने तर्क गर्दै योकोयामाले खरिदसम्बन्धी प्रक्रियागत जटिलता अन्त्य गर्नुपर्ने बताउनुभयो । विप्रेषणको आप्रवाहमा भएको उच्च वृद्धिका साथ आयातमा भएको कमीले चालु खाता बचत अघिल्लो आवको ४.६ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको ५.१ प्रतिशतले विस्तार भएको बताउँदै उहाँले चालु आवमा औसत मुद्रास्फीति बढ्ने जानकारी दिनुभयो ।
खाद्य पदार्थको मूल्य वृद्धि ११.८ प्रतिशत र गैरखाद्य वस्तुको मूल्यवृद्धि ९.५ प्रतिशतको औसतमा रहने अनुमान गरिएको बताउँदै योकोयामाले आगामी आवमा मुद्रास्फीति ८.२ प्रतिशत रहने बैंकको प्रक्षेपण सुनाउनुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा