लन्डन । नेपाली व्याण्ड ‘नाइट’ ले अप्रिल महिना बेलायतका मुख्य शहरमा नेपाली धुन प्रस्तुत गर्ने भएको छ । नेपाली मौलिक बाजा प्रयोगलाई केन्द्रमा राखेको उक्त व्याण्ड मेकिङ ट्रयाक्स्ले आयोजना गरेको म्यूजिक टुरमा सहभागी हुन लागेको हो । ब्रिटिश लाइभ म्यूजिक क्षेत्रमा बेग्लै परिकल्पना लिएर सन् २०१० मा स्थापित उक्त संस्थाले विश्वभरका संगीत साधकहरुलाई एकै ठाउंमा उतारेर कन्सर्ट गर्ने गर्छ ।
नाइटले आगामी ५ अप्रिलमा ब्राइटन डोम, ६ अप्रिलमा बरी सेन्ट एडमन्ड्स, ९ अप्रिलमा गेट्सहेड, १३ मा मिल्टन किङस्, १४ मा बर्मिङहम, १५ मा म्यानचेस्टर, १६ अप्रिलमा क्यामब्रीज र १७ मा लन्डनको रिच मिक्समा कन्सर्ट गर्ने भएको छ ।
झण्डै ८ वर्षको अथक प्रयासपछि ‘अनि उकाली संगै ओराली…’ नामक पहिलो एल्बम विमोचनसंगै उक्त व्याण्ड जनमानसमा भिज्यो । उक्त एल्बमका गीतमा आप्रवासी कामदारको रोदन, गरिवी र शहरिया अनि ग्रामीण भेगको अन्तर दर्शाइएको छ । सुसेली, पालुवा, तुङना जस्ता २४ परम्परागत बाजा आत्मसात गरेको नाइट बजारमा त्यति धेरै लोकप्रिय भइसकेको छैन् तर उसले नेपाल देखि उजबेकिस्तान अनि यूकेसम्म आफ्नो कला देखाइसकेको छ । व्याण्डले भारतीय संगीत श्रष्टा ए आर रहमानसंग पनि काम गरिसकेको छ ।
नाइटको संगीत यात्राका आ आफ्नै अवरोध छन् । सन् २००६ मा निरज शाक्य, जसोन कुंवर र रनभ अधिकारी एक साथ आए । पछि यसमा नयां व्याण्ड सदस्यहरु थपिने जाने क्रम रहिरह्यो सन् २०१२ सम्म । अब चाहिं व्याण्ड स्थिरसंग अगाडि बढेको छ । यसले हरेक गीतमा नेपाली मौलिक बाजा पस्केर नेपाली संगीतमा नयां आयाम थपिरहेको कतिपयको बुझाइ छ ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा