
लन्डन । इष्टर विदाको पूर्व सन्ध्यामा इलिङ लेवोरले आयोजना गरेको च्यारिटी डिनरमा नेपाली समुदायको पनि सहभागिता भएको छ । गत शुक्रबार सांझ रिभर साइड भेन्यूमा आयोजित उक्त च्यारिटीमा नेपाली समुदायको नेतृत्व सोलिसिटर राजु थापाले गरेका थिए ।
उक्त अवसरमा भूपू गोर्खाहरुको पनि सहभागिता थियो ।
कार्यक्रममा नेपाली समुदायका तर्फबाट एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके संस्थापक अध्यक्ष एवं व्यवसायी महन्त श्रेष्ठ, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ, भूपू गोर्खाहरु ज्ञानराज राई, मेजर रि. मानबहादुर राई, पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम, जेनी भट्टराई, प्रतिमा पराजुली, व्यवसायीहरु रुद्रबहादुर श्रेष्ठ, हरि केसी, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, समाजसेवी दौलत राई लगायत सहभागी थिए ।
च्यारिटीमा बेलायतको प्रतिपक्षी दल लेवोरका प्रभावशाली नेताहरु स्याडो चान्सलर जोन म्याकडोनल, स्याडो फरेन सेक्रेटरी हिलारी बेन, स्याडो चान्सलर, सांसदहरु वीरेन्द्र शर्मा, सिमा मल्होत्रा, रुपा हक, रुथ क्याडबरी, ब्यारी गार्डिनर, लन्डन एसेम्बली मेम्बर डा. ओन्कार सहोता, मेयर, काउन्सिलर लगायत सहभागी भए । कार्यक्रममा लेवोर नेताहरुले आगामी ५ मेमा हुन गइरहेको लन्डन मेयरको निर्वाचनमा लेवोरबाट उठेका सदिक खानलाई जिताउन आग्रह गरेका थिए ।
तस्विरहरु सौजन्यः एभरेष्ट गौतम
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी