
लन्डन । इष्टर विदाको पूर्व सन्ध्यामा इलिङ लेवोरले आयोजना गरेको च्यारिटी डिनरमा नेपाली समुदायको पनि सहभागिता भएको छ । गत शुक्रबार सांझ रिभर साइड भेन्यूमा आयोजित उक्त च्यारिटीमा नेपाली समुदायको नेतृत्व सोलिसिटर राजु थापाले गरेका थिए ।
उक्त अवसरमा भूपू गोर्खाहरुको पनि सहभागिता थियो ।
कार्यक्रममा नेपाली समुदायका तर्फबाट एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके संस्थापक अध्यक्ष एवं व्यवसायी महन्त श्रेष्ठ, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ, भूपू गोर्खाहरु ज्ञानराज राई, मेजर रि. मानबहादुर राई, पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी, एभरेष्ट गौतम, जेनी भट्टराई, प्रतिमा पराजुली, व्यवसायीहरु रुद्रबहादुर श्रेष्ठ, हरि केसी, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, समाजसेवी दौलत राई लगायत सहभागी थिए ।
च्यारिटीमा बेलायतको प्रतिपक्षी दल लेवोरका प्रभावशाली नेताहरु स्याडो चान्सलर जोन म्याकडोनल, स्याडो फरेन सेक्रेटरी हिलारी बेन, स्याडो चान्सलर, सांसदहरु वीरेन्द्र शर्मा, सिमा मल्होत्रा, रुपा हक, रुथ क्याडबरी, ब्यारी गार्डिनर, लन्डन एसेम्बली मेम्बर डा. ओन्कार सहोता, मेयर, काउन्सिलर लगायत सहभागी भए । कार्यक्रममा लेवोर नेताहरुले आगामी ५ मेमा हुन गइरहेको लन्डन मेयरको निर्वाचनमा लेवोरबाट उठेका सदिक खानलाई जिताउन आग्रह गरेका थिए ।
तस्विरहरु सौजन्यः एभरेष्ट गौतम
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान