चाल्टर्न समाजको नयां वर्ष कार्यक्रम आइतबार

12049660_704707433004260_6443471037117371818_n

लन्डन । साउथ इष्ट लण्डनको चाल्टर्नस्थित चाल्टर्न नेपाली समाजले नेपाली नयां वर्ष २०७३ को उपलक्ष्यमा एक शुभकामना कार्यक्रम गर्ने भएको छ । समाजले आगामी आइतवार ३ अप्रिल सांझ स्थानीय चाल्टर्न पार्कस्थित मेरिडियन स्पोर्टस एण्ड सोसियल क्लबमा कार्यक्रम हुन लागेको हो । सांझ ६ बजेदेखि राती ११ बजेसम्म चल्नेछ कार्यक्रम ।

कार्यक्रममा विभिन्न स्थानीय कलाकारबाट नृत्य, गीत लगायतका प्रस्तुति सहित मनोरन्जनात्मक खुराक रहने जानकारी समाजका सचिव टिएन रिजालले दिएका छन् ।
कार्यक्रमका सहभागीहरुलाई सांस्कृतिक मनोरन्जनन सहित डिनर शुल्क बयस्कका लागि १० पाउण्ड र बच्चाहरुका लागि ५ पाउण्ड तोकिएको समाजले जनाएको छ । स्थानीय प्रायोजकहरुको सहयोगमा समाजका सदस्यहरुलाई सानो शुल्कमा ठूलो मनोरन्जन उपलब्ध गराउन लागिएको जानकारी समाजका अध्यक्ष रोमनाथ पाण्डेले दिए ।

समाजले साउथ इस्ट लगायत लन्डनका विभिन्न भागमा बस्ने नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि समाजले आव्हान गरेको छ ।
स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यहरु मार्फत चर्चा र ख्याति कमाउंदै आएको चाल्टर्न समाजले नेपाली पर्वहरुमा यस्ता खाले कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री