लन्डन । साउथ इष्ट लण्डनको चाल्टर्नस्थित चाल्टर्न नेपाली समाजले नेपाली नयां वर्ष २०७३ को उपलक्ष्यमा एक शुभकामना कार्यक्रम गर्ने भएको छ । समाजले आगामी आइतवार ३ अप्रिल सांझ स्थानीय चाल्टर्न पार्कस्थित मेरिडियन स्पोर्टस एण्ड सोसियल क्लबमा कार्यक्रम हुन लागेको हो । सांझ ६ बजेदेखि राती ११ बजेसम्म चल्नेछ कार्यक्रम ।
कार्यक्रममा विभिन्न स्थानीय कलाकारबाट नृत्य, गीत लगायतका प्रस्तुति सहित मनोरन्जनात्मक खुराक रहने जानकारी समाजका सचिव टिएन रिजालले दिएका छन् ।
कार्यक्रमका सहभागीहरुलाई सांस्कृतिक मनोरन्जनन सहित डिनर शुल्क बयस्कका लागि १० पाउण्ड र बच्चाहरुका लागि ५ पाउण्ड तोकिएको समाजले जनाएको छ । स्थानीय प्रायोजकहरुको सहयोगमा समाजका सदस्यहरुलाई सानो शुल्कमा ठूलो मनोरन्जन उपलब्ध गराउन लागिएको जानकारी समाजका अध्यक्ष रोमनाथ पाण्डेले दिए ।
समाजले साउथ इस्ट लगायत लन्डनका विभिन्न भागमा बस्ने नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि समाजले आव्हान गरेको छ ।
स्थानीय स्तरमा विभिन्न सामाजिक कार्यहरु मार्फत चर्चा र ख्याति कमाउंदै आएको चाल्टर्न समाजले नेपाली पर्वहरुमा यस्ता खाले कार्यक्रम आयोजना गर्दै आएको छ ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी