
कायरो, १६ चैत । अपहरित इजिप्ट एयरका अधिकांश यात्रुलाई मुक्त गरिएको समाचार छ । मङ्गलबार इजिप्ट एयरको विमान अपहरण गरिएको थियो ।
सो विमान अपहरण गरी साइप्रस पुरयाइएको थियो । अपहरित विमानबाट अधिकांश यात्रुलाई रिहा गरिएको पछिल्लो समाचार प्राप्त भएको छ ।
उक्त विमानमा रहेका चार वा पाँच जना विदेशी नागरिकबाहेक अरुलाई रिहा गरिएको बताइएको हो । विमानको चालक दलका सदस्यहरु भने मुक्त गरिएको छैन ।
सो विमानमा २१ जना विदेशी यात्रु रहेका थिए । तीमध्ये आठजना अमेरिकी नागरिक रहेका थिए । त्यसैगरी चारजना डच, चारजना बेलायती र एकजना फ्रान्सेली यात्रु रहेका बताइएको छ ।
इजिप्टेली नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारीअनुसार सो विमानमा रहेका अधिकांश यात्रुलाई रिहा गरिसकिएको छ ।
उक्त मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सो विमानमा रहेका चार वा पाँच जना विदेशीबाहेक अरु सबैलाई रिहा गरिएको छ ।
उक्त विमानमा जम्मा ८१ जना यात्रु रहेका बताइएको छ । तर यसअघि इजिप्ट एयरले प्रकाशन गरेको विज्ञप्तिमा भने उक्त विमानमा ५५ जनामात्र यात्रु रहेको जनाएको थियो ।
उक्त विमान इजिप्टको अलेक्जेन्डेरियाबाट उडेको थियो । उडेलगत्तै अपहरणमा परेको सो विमानलाई साइप्रसको लार्नाक विमानस्थलमा जबर्जस्त अवतरण गराइएको थियो ।
यो विमानको अपहरणको कारण भने अझै पनि खुल्न सकेको छैन । अपहरणमा परेपछि त्यस विमानका अपहरणकारीहरुले लार्नाकमा लगी आफ्ना माग राखेका थिए ।
ती अपहरणकारीसँग इजिप्टको सरकारका अधिकारीहरु र साइप्रसका प्रतिनिधिले वार्तालाप गरेका थिए । त्यसपश्चात यात्रु छोड्न अपहरणकारी सहमत भएको हो ।
तर उसका मागका बारेमा भने केही बताइएको छैन । इजिप्टका अधिकारीहरुसँगको सहमतिपछि यात्रु मुक्त गर्ने सहमति भएको बताइएको छ ।
इजिप्टेली प्रहरीले सो अपहरणको बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । यसको जिम्मेवारी पनि अहिलेसम्म कसैले लिएको छैन ।
अधिकांश अधिकारीहरुले यस विमान अपहरणको घटना आतङ्कवादीसँग सम्बन्धित भने नरहेको पनि बताएका छन् ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त