
लन्डन । भूपू गोर्खाहरुले आफ्ना मागमा समर्थन जनाउंदै ब्रिटिश भेटानहरुले आयोजना गरेको एउटा वृहत प्रदर्शनमा सहभागी भएका छन् । जिवित भेट्रानहरुको समान अधिकारका लागि लड्ने यूके भेट्रान वान भोइस् ले भूपू गोर्खासहित आफूहरुका केही माग पुरा गराउन दवाव दिने उद्देश्यले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापन पत्र बुझाउने क्रममा प्रदर्शन समेत गरिएको हो ।
घमाइलो मौसम र इष्टर होलिडेकाबीच प्रदर्शनमा सहभागी संख्या उल्लेख्य रह्यो ।
शुक्रबार दिउसो बेलायती रक्षा मन्त्रालय पछाडि एकत्रित भएर मार्च पास गर्दै अगाडि बढेको प्रदर्शन ट्राफलगर स्क्वायर हुंदै प्रधानमन्त्री कार्यालय अगाडि सिनोतापमा पुगेर सभामा परिणत भएको थियो । ज्ञापनपत्र बुझाइएपछि भूपू गोर्खाहरुले मन्तव्य राख्दै आफ्नो आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेका छन् । अप्रिल २४ सम्म आफ्ना जायज माग पुरा नगरिए रिले अनसन शुरु गरिने उनीहरुको चेतावनी छ ।
सम्वोधनका क्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले अप्रिल २४ तारिख ऐतिहासिक हुने उल्लेख गर्दै बेलायत सरकारले आफ्नो आवाज सुने त्यस दिन सबै भूपू गोर्खाहरुलाई उत्सव मनाउन, नभए जीवन वलिदानका लागि त्यसैदिन तयार रहन समेत आग्रह गरे । उनले बेलायत सरकारले आफ्ना माग सम्वोधन नगरे २४ अप्रिल सांझ देखि रिले अनसन शुरु गरिने उद्घोष गरे । निर्देशक राईले बेलायतमा भूपू गोर्खाहरुको अवस्था ज्यादै दयनीय भएको उल्लेख गर्दै समान पेन्सन पाए धेरै भूपू गोर्खा स्वदेश फर्कने बताए ।
उनले आफूहरु मुद्दा मामिला गर्दा लामो समय लाग्ने भएकाले अब पेलेर अधिकार लिनुपर्ने जनाउंदै कुनै संस्थाले मुद्दा लगाउन चाहे त्यसमा भने सहयोग गरिने बताए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका कार्यवहाक संयोजक सूर्य नेम्वांगले भूपू गोर्खाहरुको अधिकारका लागि अन्तिम लडाईं हुन लागेको उल्लेख गर्दै ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुग्दा माग पुरा नभए २०० गोर्खाहरु मर्न समेत तयार हुनुपर्नेमा जोड दिए ।

गैर आवासीय नेपाली संघ, बेलायतका उपाध्यक्ष हिराधन राईको संयोजकत्वमा एनआरएनहरुको पनि प्रदर्शनमा उल्लेख्य सहभागिता थियो । मन्तव्यका क्रममा राईले गोर्खाहरुको जित निश्चित भएको दावी गर्दै सकारात्मक नतिजा छिट्टै आउनेमा आशावादी रहेको बताए । उनले समस्त एनआरएनसहित ६ वटा ब्रिटिश संस्था अब एक हुनुपर्नेमा जोड दिंदै राम्रो कामको समर्थन सबैले गर्नुपर्ने जनाए ।
कार्यक्रममा गोर्खा अभियन्ता डा. राम नारायण कन्दंग्वा, मेजर रि. मानबहादुर राई, राजेन्द्र क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग लगायत ब्रिटिश भेट्रानहरुले पनि सम्वोधन गर्दै आन्दोलनमा साथ रहने ऐक्यवद्धता जनाएका थिए ।
तस्विरः शिव भण्डारी
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]