आज २० मार्च, अन्तर्राष्ट्रिय खुशी दिवस । अहिले विश्वभर यो उत्सव मनाइएको छ जुन संयुक्त राष्ट्रसंघले २०१२ मा घोषणा गरेको थियो । यो दिवसमा खुशी मानिसको आधारभूत उद्देश्य हो र सबै देशका प्रशासकले सार्वजनिक नीतिहरु अवलम्वन गर्दा मानिसको सम्वृद्धि र खुशीको लागि के गर्नुपर्छ भन्ने मुख्य मापदण्ड राखिएको छ ।
जीवनमा खुशी हुनु भनेको हामी काम गर्ने ठाउं हो जहां २० देखि ३० वर्ष आफ्नो जीवनको अमूल्य समय बिताउंछौं, जुन औसत मानिसको आयुको ३० प्रतिशत हो । आफूले काम गरेको ठाउंमा खुशीपूर्वक बितायौं भने आधा खुशी त्यहांबाट मिल्छ । यसलाई प्रभाव पर्ने विभिन्न कारकतत्व हुन्छन् जस्तै व्यवसायिक सम्बन्ध, व्यवसायिक खुशी, व्यवसायिक विकास, काम र जीवनको सन्तुलन, आफू आवद्ध संस्थाको सांगठनिक संस्कृति आदि । दिनभरी काममा खुशी रहन सक्यौं भने घरको वातावरण सहज रहन सक्छ केही अपवाद बाहेक ।
अब देशका जनताका लागि कसरी खुशी बनाउन सकिन्छ त ? माथि उल्लेख गरिएको कामको खुशी त समग्र रूपमा देश सम्वृद्ध भए न त्यो प्रकारको वातावरण बन्छ । जस्तै भुटानले आफ्नो देशका जनतालाई खुशी राख्न कूल राष्ट्रिय खुशीको नयां अवधारणा ल्याएको छ । संयुक्त अरब इमिरेट्सले पनि जनताको खुशीलाई विशेष किसिमले कसरी सन्तुलनमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले गत महिना मात्र खुशी मन्त्रालय स्थापना गरेको छ । यो नै जनताप्रति राज्यले गर्ने पहिलो कदम हो ।
अब खुशीका सूचकहरु के के हुन् ? के गर्दा जनता खुशी हुन्छन् ? भन्ने सूचीगत रुपमा केलाएर निक्र्योल निकालेपछि मानिसलाई खुशी दिलाउने उपाय र संयन्त्रहरु प्रयोगमै ल्याउन सकिन्छ जसले सांचो अर्थमा राज्यले जनताप्रति गरेको गहिरो हेरचाह झल्काउंछ ।
हामी नेपालका मानिसहरु आधारभूत रुपमा खुशी हुनु भनेको सर्वप्रथम राज्यले देशप्रतिको अपनत्व दिलाउन सक्नु हो । समानरुपमा न्यायोचित ढंगले सकारात्मक विभेद गरेरै भएपनि सबैलाई यो मेरो देश हो भन्ने भावना जगाउन सक्नु पहिलो कदम हो । कुनै वर्ग, जाति, क्षेत्र, धर्म र भाषा संस्कृतिप्रति भेदभाव नराखी सामाजिक न्यायको अनुभूति दिलाउन सक्नु नेपालको सन्दर्भमा अहिले राष्ट्रिय खुशी हुन आउंछ । यी यस्ता कुराको व्यावधानबाट पार पाएपछि बांकी भौतिक विकासका कुरा आफसेआफ सुरु हुन्छ किनकि जनताका यी नदेखिने तर अति नै संवेदनशील कुरामा हेक्का राख्ने देशको प्रशासकले भौतिक विकासमा पक्कै खरो उत्रिन्छ ।
खुशी हुनु भनेको अरुको लागि एक मुस्कान मुसुक्क हांस्नु र एक छिन खितखिताउनु होइन । खुशी हुनु भनेको सही अर्थमा मनमा व्यैक्तिक सन्तुष्टि हुनु हो । तर, निरपेक्ष खुशी खोज्नु भनेको चाहिं नाजायज हो किनकि यो संसारमा नै निरपेक्ष रुपमा कोही पूर्ण छैनन् ।
स्मरण रहोस्, अन्तर्राष्ट्रिय खुशी दिवसको पूर्वसन्ध्यामा गत हप्ता मात्र जारी एक रिपोर्टले भुटान ८४ औं, संयुक्त अरब इमिरेट्स १० औं र नेपाल १०७ औं खुशी देशको सूचीमा रहेको देखाएको छ ।
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप