लण्डन । अपरिचितलाई ढोका खोल्दा लण्डनका एक युवा मरणासन्न हुने गरी कुटिएका छन् भने उनको घर लुटिएको छ ।
लण्डनबाट प्रकाशन हुने द इभिनिङ स्ट्यान्डण्र्ड दैनिकका अनुसार दक्षिणी लण्डनको ग्रीनवीचस्थित क्राइस्ट चर्च वेमा अवस्थित ती युवाको फ्ल्याटमा कसैले ढोका ढक्ढकाउँछ । को रहेछ भनेर ढोका खोल्न नपाउँदै दुई युवाले घरधनीलाई जबरजस्ती धकेलेर घरभित्र पस्छन् ।
घरभित्र पसेपछि लुटेराहरुले घरधनीलाई लात्ती र मुक्काले बेस्सरी पिट्नुका साथै हत्कडी लगाउँछन् । त्यसपछि घरधनीलाई पैसा लगायतका बहुमूल्य सामान कहाँ कहाँ राखिएको छ सोध्दै लुटपाट गर्छन् ।
यो घटना गत फेब्रुअरी ४ मा भएको हो ।
लण्डनको महानगरीय प्रहरीले घटनामा संलग्न दुई पुरुष र एक महिलाको तस्वीर सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको भिडियोमा लुटेराहरु लुटपाटपछि विदेशी नम्बर प्लेटको रातो भ्यानमा भागेको देखिन्छ ।
प्रहरीले शंकास्पद व्यक्तिहरुका बारेमा जानकारी भए संकेत नम्बर ३६०२६६९÷१६ उल्लेख गरी ०२०८२४७४८६३ मा खबर गर्न अनुरोध गरेको छ ।
यसअघि पूर्वी लण्डनको अप्टन पार्कमा पनि यस्तै घटना भएको थियो । प्रहरीले सार्वजनिक गरेको सो घटनाको भिडियोमा पहिले एक युवतीले मूलढोका ढक्ढक्याउने अनि घरधनीले ढोका खोल्नासाथ लुकेर बसेका युवाहरुले घरधनीलाई पिटेर घरभित्र पस्छन् । सो घटनामा संलग्नहरुलाई पनि प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।
यस्ता घटनापछि अब घरमा कसैले मूलढोका ढक्ढक्यायो वा घण्टी बजायो भने ढोका खोल्नुअघि एकपटक सोच्नैपर्ने भएको छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने