सृजना प्रस्तुत गर्दै केन्ट कलमले मनायाे “प्रणय दिवस”

Kent Kalam
लण्डन ।  अन्तर्राष्ट्रिय रुपमा मनाईदै आएको “प्रणय दिवश“को अवसरमा बेलायत केन्ट कलमले विश्व नेपाली साहित्य महासंघको व्यानरमा साहित्यिक तथा सांगितिक कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्कार विजय हितानको संयोजकत्वमा उपस्थित साहित्यकारहरुले आ–आफनो सिर्जना प्रस्तुत गरेका थिए ।
उक्त गोष्ठीमा दर्शकहरुको मन छुने गीतहरु पनि प्रस्तुत गरिएको थियो । १४ फेब्रुवरीमा मनाइने यो दिवसका अवसरमा बेलायत केन्टका सांगीतिक  कलाकारहरुको सहभागितामा विशेष कार्यक्रम पहिलोपल्ट गरिएको हो । वातावरणविद् हितान लगायत गायक धन गुरुङ, विजय लिम्बु, थिर थापा मगर , गीतकार जानुका राई, सिब राई, संजिब राई “ पारदर्शी” बालकलाकार सेखर राई तथा  विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदिप तिगेलाको सहभागिता रहेको कार्यक्रममा गीतकार तथा बाँसुरीवादक सुरेन्द्र ईग्नामले आफु उपस्थित हुन नसकेकोमा दुख व्यक्त गर्दै भिडियो समाचार मार्फत  “प्रणय दिवश”को शुभकामना पठाएका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयबाट साहित्यिक विषयमा स्नातकोत्तर गरेकी साहित्यकार जानुका राईले  बेलायतजस्तो ब्यस्त देशमा प्रेम दिवशको अवसरमा विषेश कार्यक्रम आयोजना गरिएकोमा ब्यावस्थापक कथाकार विजय हितानलाई धन्यवाद आभर प्रकट गर्दै आफ्ना मन्तव्य व्यक्त गरेकी थिइन् । कर्मभूमिमा भाग्य उत्खनन गर्न आतुर हामी सृजनशीलतामा अलि मत्थर र सुस्त भएर क्षितिजको गड्तीरतिर अस्ताउन लागेका  केन्ट कलम साहित्यिक मंचलाई झक्झकाउने प्रयासमा लाग्नुको महत्व र हाम्रा मन मस्तिष्कहरू स्फूर्तिका साथ  सृजनात्मक कार्यहरु सक्रिय बन्ने अबसर पाउनेमा विश्वाश दिलाएकी थिइन् ।
साहित्यकार तिगेलाबाट स्वागत मन्तव्य राखिएको कार्यक्रममा युवाहरु माँझ चर्चित बनिरहेका गीतकार संजिब राई (डाइमण्ड लाहुरे)ले  “प्रेम दिवश” मा आधरित कविता नेपालमा रहेकी जीवन साथीलाई समर्पित गर्दै प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा रहेका श्रोताहरुलाई प्रेममा चुर्लुम्म डुबाएका थिए । रेडियो नेपालमा २०४० सालतिर प्रबेश गरेका गायक तथा बेलायत नेपाली समाजमा पहिलो काउन्सिलर बन्न सफल धन गुरुङले “डाँडा पारीको त्यो गाँउमा, जाउँ जाउँ मन लाग्छ, चिसो हावाले सन्देश ल्याउँछ लाहुरेको यो जिवनमा” मायालु भाकामा सजिएका “तिमी यसै लजायौ, म उसै धकाएँ” र जिवन लिम्बुले “बादलहरु बर्सी देउ” “सागर बनि जहाँ गएपनि म किनार बनी पछ्याई रहन्छु” जस्ता चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शक दीर्घामा आँशु छचल्किएकाे थियो ।
प्रेम दिवशको रुपमा मनाइने यो चाडलाई नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसले चिनिन थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री