बेलायती विश्वविद्यालयमा नेपाल केन्द्रित नाटक प्रतियोगिता हुंदै

IMG_4389 1
लन्डन । युनिभर्सिटी अफ केन्ट नेपलिज सोसाइटीले आगामी २७ फेब्रुअरीमा अन्तर विश्वविद्यालय नाटक प्रतियोगिता गर्ने भएको छ । बेलायती र नेपाली युवालाई नेपालबारे जानकारी दिन एवं युवा सहभागिता वृद्धिका लागि अपरान्ह ४ देखि ७ बजेसम्म यस्तो कार्यक्रम तय गरिएको सोसाइटीले जनाएको छ ।
सोसाइटीले पहिलो पटक यस्तो परिकल्पना गरेको हो । युनिभर्सिटी अफ केन्टकै थिएटरमा हुने उक्त प्रतियोगितामा प्रतिष्पर्धीले नेपाली विषयवस्तु (संस्कृति, इतिहास, राजनीति अथवा शिक्षा) मा केन्द्रित रहेर अधिकतम २० मिनेट लामो नाटक प्रस्तुत गर्न सक्नेछन् । भाषा भने अंग्रेजीमा हुनेछ ।
प्रतियोगितामा चार बेलायती विश्वविद्यालय पोर्टसमथ, युनिभर्सिटी अफ केन्ट,
युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड र ब्रुनेल युनिभर्सिटीका विद्यार्थी सहभागी हुने कार्यक्रम संयोजन गरिरहेकी समिपा श्रेष्ठले जनाइन् । पहिलोपटक विश्वविद्यालयको सहभागिता केही न्यून भएपनि आगामी वर्ष यसलाई अझ व्यापक रुपमा लैजाने सोच सोसाइटीको रहेको श्रेष्ठले बताइन् । एउटा विश्वविद्यालयबाट बढिमा दश जना विद्यार्थी सहभागी हुन सक्नेछन् ।
प्रतियोगिताको निर्णायकमा शशी थापा सुब्बा, समिर गुरुङ र गौमाया गुरुङ गरि तीनजना छन् । विजेतालाई प्रथम पुरस्कार २०० पाउण्ड, दोश्रो एकसय र तृतीय पुरस्कार ५० पाउण्ड दिने व्यवस्था समेत गरिएको छ ।
नाटक हेर्न प्रति व्यक्ति ८ पाउण्ड राखिएको छ । संकलित रकम नेपालको पुनर्निर्माणमा खर्च गरिने सोसाइटीको योजना छ । यसै समरमा सोसाइटीका स्वयंसेवकहरु नेपाल गएर दुई सातासम्म स्वयंसेवा गर्ने जनाइएको छ ।
टिकट निम्न लिंकमा गएर खरिद गर्न सकिने छ ।

https://uk.patronbase.com/_Gulbenkian/Seats/NumSeats?prod_id=KEF1&perf_id=1&section_id=M&seat_type_id=S

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री