
लन्डन । युनिभर्सिटी अफ केन्ट नेपलिज सोसाइटीले आगामी २७ फेब्रुअरीमा अन्तर विश्वविद्यालय नाटक प्रतियोगिता गर्ने भएको छ । बेलायती र नेपाली युवालाई नेपालबारे जानकारी दिन एवं युवा सहभागिता वृद्धिका लागि अपरान्ह ४ देखि ७ बजेसम्म यस्तो कार्यक्रम तय गरिएको सोसाइटीले जनाएको छ ।
सोसाइटीले पहिलो पटक यस्तो परिकल्पना गरेको हो । युनिभर्सिटी अफ केन्टकै थिएटरमा हुने उक्त प्रतियोगितामा प्रतिष्पर्धीले नेपाली विषयवस्तु (संस्कृति, इतिहास, राजनीति अथवा शिक्षा) मा केन्द्रित रहेर अधिकतम २० मिनेट लामो नाटक प्रस्तुत गर्न सक्नेछन् । भाषा भने अंग्रेजीमा हुनेछ ।
प्रतियोगितामा चार बेलायती विश्वविद्यालय पोर्टसमथ, युनिभर्सिटी अफ केन्ट,
युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड र ब्रुनेल युनिभर्सिटीका विद्यार्थी सहभागी हुने कार्यक्रम संयोजन गरिरहेकी समिपा श्रेष्ठले जनाइन् । पहिलोपटक विश्वविद्यालयको सहभागिता केही न्यून भएपनि आगामी वर्ष यसलाई अझ व्यापक रुपमा लैजाने सोच सोसाइटीको रहेको श्रेष्ठले बताइन् । एउटा विश्वविद्यालयबाट बढिमा दश जना विद्यार्थी सहभागी हुन सक्नेछन् ।
प्रतियोगिताको निर्णायकमा शशी थापा सुब्बा, समिर गुरुङ र गौमाया गुरुङ गरि तीनजना छन् । विजेतालाई प्रथम पुरस्कार २०० पाउण्ड, दोश्रो एकसय र तृतीय पुरस्कार ५० पाउण्ड दिने व्यवस्था समेत गरिएको छ ।
नाटक हेर्न प्रति व्यक्ति ८ पाउण्ड राखिएको छ । संकलित रकम नेपालको पुनर्निर्माणमा खर्च गरिने सोसाइटीको योजना छ । यसै समरमा सोसाइटीका स्वयंसेवकहरु नेपाल गएर दुई सातासम्म स्वयंसेवा गर्ने जनाइएको छ ।
टिकट निम्न लिंकमा गएर खरिद गर्न सकिने छ ।
https://uk.patronbase.com/_Gulbenkian/Seats/NumSeats?prod_id=KEF1&perf_id=1§ion_id=M&seat_type_id=S
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते