
काठमाडौँ, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांँग्रेसका सभापति, संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनबाट एमाले स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आज शोक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “दुःखको यस घडीमा नेकपा (एमाले)का तर्फबाट दिवङ्गत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।” आफ्नो जीवन लोकतान्त्रिक आन्दोलनमा समर्पण गर्नुभएका कोइरालाको निष्ठापूर्ण राजनीतिक जीवन र संविधान निर्माणमा उहाँले खेल्नुभएको असाधारण भूमिकाप्रति राष्ट्र सदैव आभारी रहने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अथक प्रयत्नबाट नेपालको संविधान जारी भई कार्यान्वयनको चरणमा रहेका बेला भएको यो असामयिक निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
उहाँले कोइरालाले राष्ट्र र जनताका सामु उपस्थित चुनौतीको सामना गर्न राजनीतिक शक्तिबीच सहमति र सहकार्य आवश्यक भएकामा हमेसा जोड दिनुभएको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले उहाँको यो भावनालाई उच्च सम्मान गर्दै दलका बीचमा राजनीतिक समझदारीलाई अझ सुदृढ गर्नु र संविधानको कार्यान्वयन मार्फत लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्दै समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भन्नुभएको छ–“लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्व कोइरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्तहरु र नेपाली कांग्रेस परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने