
काठमाडौँ, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांँग्रेसका सभापति, संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनबाट एमाले स्तब्ध र मर्माहत भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आज शोक विज्ञप्ति जारी गरी भन्नुभएको छ, “दुःखको यस घडीमा नेकपा (एमाले)का तर्फबाट दिवङ्गत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।” आफ्नो जीवन लोकतान्त्रिक आन्दोलनमा समर्पण गर्नुभएका कोइरालाको निष्ठापूर्ण राजनीतिक जीवन र संविधान निर्माणमा उहाँले खेल्नुभएको असाधारण भूमिकाप्रति राष्ट्र सदैव आभारी रहने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अथक प्रयत्नबाट नेपालको संविधान जारी भई कार्यान्वयनको चरणमा रहेका बेला भएको यो असामयिक निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
उहाँले कोइरालाले राष्ट्र र जनताका सामु उपस्थित चुनौतीको सामना गर्न राजनीतिक शक्तिबीच सहमति र सहकार्य आवश्यक भएकामा हमेसा जोड दिनुभएको उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले उहाँको यो भावनालाई उच्च सम्मान गर्दै दलका बीचमा राजनीतिक समझदारीलाई अझ सुदृढ गर्नु र संविधानको कार्यान्वयन मार्फत लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्दै समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भन्नुभएको छ–“लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्व कोइरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्तहरु र नेपाली कांग्रेस परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी