लण्डन । बेलायतमा रहेका नेपाली व्यवसायी तथा नागरिकहरूको एक समूहले बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनलाई नेपाल भ्रमणमा लैजान निम्तोपत्र बुझाएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रीटमा सोमबार सो प्रतिनिधिमण्डलले निम्तापत्र बुझाएको हो ।
प्रधानमन्त्री क्यामरुनसित भेट्ने भनिए पनि उनी ब्यस्त रहेको कारण दर्शाउँदै उनका प्रथम सचिवले सो पत्र बुझेका थिए ।
प्रतिनिधिमण्डलमा बेलायती संसदमा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका संयोजक सांसद वीरेन्द्र शर्मा, एनअारएनए अाइसिसी सदस्य योगेन्द्रबहादुर क्षेत्री, यती नेपलिज एसोसिएसनका अध्यक्ष उमेश राज मोक्तान, तमुधिँ यूकेका पूर्व अध्यक्ष सुवसिं गुरूङ, नेपलिज वुमन एसोसिएसनका अध्यक्ष अारती श्रेष्ठ, नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष नवीन पोखरेल, व्यवसायी राजाराम गिरी थिए ।
निम्तापत्रमा यूकेस्थित विभिन्न नेपाली व्यवसायी तथा नागरिकहरूले हस्ताक्षर गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम