लण्डन । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा नेपाल बेलायतकाे दुइसय वर्षका अवसरमा बेलायतकाे फरिन तथा कमनवेल्थ अफिसमा अायाेजित विशेष कार्यक्रममा हुँदै गर्दा बाहिर असन्तुष्ट समूहले विराेध प्रदर्शन गर्दैथियाे ।
नयाँ संविधानमा अादिवासी जनजाति,महिला, मधेसी,मुस्लिम, उत्पीडित, सीमान्त वर्गलाइ अधिकारविहीन बनाइएकाे, मधेसी जनतामाथि दमन गरिएकाेमा थापा विरूद्ध प्रदर्शन गरिएकाे अायाेजकहरूले बताइएका छन् ।
नेपाल अादिवासी जनजाति महासंघ, बेलायत, नेपाल संघीय समाज बेलायत, मधेसी समाज, युके, संघीय जनमुक्ति समाज र संघीय लिम्बुवान समाजले संयुक्तरूपमा साे विराेध कार्यक्रमकाे अायाेजना गरेका थिए ।
अायाेजकमध्ये एक नेपाली संघीय समाज युकेका अध्यक्ष धर्मबहादुर तामाङले कमल थापा हिन्दुराष्ट्र र राजतन्त्र पक्षधर, धर्मनिरपेक्षता विराेधी भएका कारण पनि उनकाे विराेध गरिएकाे बताए । उनले गाेरखाहरूले विभेदका विरूद्ध लामाे समयदेखि अान्दाेलन गर्दै अाएकाेमा अाफ्ना नागरिकका बारेमा उपप्रधानमन्त्री समेत रहेका थापाले चुँसम्म नबाेलाेकाेमा अाक्राेश व्यक्त गरे ।
फरिन एण्ड कमनवेल्थ अफिसकाे मुख्य ढाेकामा विराेध प्रदर्शनमा बसेका प्रदर्शनकारीहरू कमल थापा अर्कै ढाेकाबाट कार्यक्रमस्थल पुगेपछि कार्यक्रम अन्त्य गरेर घरतिर फर्केका थिए ।
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी