लण्डन । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा नेपाल बेलायतकाे दुइसय वर्षका अवसरमा बेलायतकाे फरिन तथा कमनवेल्थ अफिसमा अायाेजित विशेष कार्यक्रममा हुँदै गर्दा बाहिर असन्तुष्ट समूहले विराेध प्रदर्शन गर्दैथियाे ।
नयाँ संविधानमा अादिवासी जनजाति,महिला, मधेसी,मुस्लिम, उत्पीडित, सीमान्त वर्गलाइ अधिकारविहीन बनाइएकाे, मधेसी जनतामाथि दमन गरिएकाेमा थापा विरूद्ध प्रदर्शन गरिएकाे अायाेजकहरूले बताइएका छन् ।
नेपाल अादिवासी जनजाति महासंघ, बेलायत, नेपाल संघीय समाज बेलायत, मधेसी समाज, युके, संघीय जनमुक्ति समाज र संघीय लिम्बुवान समाजले संयुक्तरूपमा साे विराेध कार्यक्रमकाे अायाेजना गरेका थिए ।
अायाेजकमध्ये एक नेपाली संघीय समाज युकेका अध्यक्ष धर्मबहादुर तामाङले कमल थापा हिन्दुराष्ट्र र राजतन्त्र पक्षधर, धर्मनिरपेक्षता विराेधी भएका कारण पनि उनकाे विराेध गरिएकाे बताए । उनले गाेरखाहरूले विभेदका विरूद्ध लामाे समयदेखि अान्दाेलन गर्दै अाएकाेमा अाफ्ना नागरिकका बारेमा उपप्रधानमन्त्री समेत रहेका थापाले चुँसम्म नबाेलाेकाेमा अाक्राेश व्यक्त गरे ।
फरिन एण्ड कमनवेल्थ अफिसकाे मुख्य ढाेकामा विराेध प्रदर्शनमा बसेका प्रदर्शनकारीहरू कमल थापा अर्कै ढाेकाबाट कार्यक्रमस्थल पुगेपछि कार्यक्रम अन्त्य गरेर घरतिर फर्केका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा