काठमाडौं, मंसिर २२ । नेपालको दसक लामो संक्रमणकालको नालीबेलीसहित चिरफार गर्दै संयुक्त राष्ट्र संघका पूर्व उच्च कूटनयिक कुलचन्द्र गौतम लेखकका रुपमा उपस्थित हुँदैछन् ।
संक्रमणलका उतारचढावको विश्लेषणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकाको आलोचनात्मक दृष्टिकोणको उनको अंग्रेजी पुस्तक ‘लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ पब्लिकेशन्स् नेपालयले प्रकाशन गर्दैछ ।
माओवादी द्वन्द्वदेखि संविधान निर्माणको कष्टसाध्य राजनीतिक संक्रमण र महाभूकम्पसम्मका विषयको पुस्तकमा राष्ट्र पुनःनिर्माणका आशा र योजना समेटिएका छन् ।
सशस्त्र द्वन्द्वको समाधान खोज्न संयुक्त राष्ट्र संघको पहलबारे पहिलोपटक वकालत गर्नेमध्येका गौतमले शान्ति प्रकृयामा अन्तर्राष्ट्रिय समूदाय र स्वयं राष्ट्रसंघीय पदाधिकारीका पूर्वाग्रहको विनासंकोच उजागर गरेका छन् ।
‘मेरो जीवन र अनुभवहरुको दस्तावेजीकरण गर्ने सिलसिलामै यो पुस्तक तयार भएको हो,’ गौतम भन्छन्, ‘यसमा उल्लेखित अनुभव र दिइएका सुझाव मुलुकको पुनःनिर्माण निम्ति सबैलाई उपयोगी भइदिए मलाइ सन्तुष्टि मिल्नेछ ।’
संविधान घोषणा र त्यसपछिको अवस्थासम्मका नाटकीय घटनाक्रमको चाखलाग्दो विश्लेषण र टिप्पणी गरिएको महत्वपूर्ण पुस्तक छाप्न पाएकामा नेपालयका किरणकृष्ण श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन् ।
‘माओवादीका प्रगतिशील सुनिने आवाजबाट अन्तर्राष्ट्रिय समुदाय कसरी सम्मोहनमा पर्न गए भन्नेबारे यसमा प्रष्ट र रोचक शैलीमा वर्णन छ,’ राष्ट्रसंघीय महिला विकास कोषकी पूर्व क्षेत्रीय निर्देशक चाँदनी जोशी भन्छिन् ।
त्यसैगरि प्राध्यापक केदारभक्त माथेमाले मुलुकमा चलिरहेको राजनीतिक बहसबीच यो पुस्तकले स्फूर्तिदायक ताजा हावाको तूफान ल्याइदिएको बताएका छन् ।
अर्का प्राध्यापक चैतन्य मिश्रका अनुसार लोकतन्त्र र समुन्नतीका लागि गुमाएका अवसर टुलु–टुलु हेरेका एक अन्तर्राष्ट्रिय प्रशासकले लेखेको यो पुस्तकमा २० वर्षयताको घटनाक्रमका भित्री तहमा पुगेर तर्कपूर्ण विश्लेषण छ । ‘हामी कहाँ कहाँ चुक्यौं र यसको समाधान कता छ भन्नेबारे मिहिन व्याख्या गरिएको छ,’ उनी भन्छन् ।
गौतमको ‘लस्ट इन ट्रान्जिसनः रि बिल्डिङ नेपाल फ्रम दी माओइस्ट मेहेम एन्ड मेगा अर्थक्वेक’ शनिबारदेखि बजारमा उपलब्ध हुँदैछ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो