लण्डन । मगर संघ युकेले स्नातकोत्तर र पिएचडी गर्ने विद्यार्थीका लागि स्थापना गर्न लागेको छात्रवृत्ति कोषमा एकैदिन आधा करोड रुपियाँ उठेको छ ।
शनिबार अल्डरसटको किंग्स सेन्टरमा आयोजित च्यारिटी भोजमा सो रकम उठेको संघका अध्यक्ष दुतबहादुर पुनले जानकारी दिए ।
संघले एक करोड रुपियाँ राशीको अक्षयकोष स्थापना गर्न लागे पनि शनिबारको कार्यक्रममा यति धेरै सहयोग संकलन होला भन्ने अपेक्षा भने गरेको थिएन ।
‘हामीले विभिन्न चरणमा सहयोग संकलन गरेर एक करोड रुपियाँ बनाउन खोजेका थियौँ तर आजको कार्यक्रमबाट धेरै उत्साहित छौँ’उनले भने ।
संघले सहयोग संकलनका लागि संघका पदाधिकारी, सल्लाहकार, शाखा समितिका सदस्यहरुबाट जनही कम्तीमा एकसय पाउण्ड उठाउने निर्णय गरेको थियो । युकेमा संघका ११ शाखा छन् ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएन युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, एनआरएन युरोप संयोजक कुल आचार्य, तमुधिँ अध्यक्ष रामचन्द्र गुरुङ, तमु पेल्हुका सचिव भेगलाल तमु, गेसोका अध्यक्ष पदमबहादुर गुरुङ, बेलायती सेनाका लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना एभरेष्ट टाइम्सका सम्पादक हरिकाजी गुरुङ, मगर संघ केन्ट ब्राञ्चका अध्यक्ष उत्तर मगरलगायतले बोलेका थिए ।
कार्यक्रममा लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, कमिसन मेजरहरु टोल खाम्चा, रामबहादुर पुन, काउन्सिलर मेजर चित्र राना, एनआरएन युकेमा निर्वाचित योगकुमार फगामी, शान्ति थापा कुँवर, बुद्धिराम थापा, छविमाया पुन, रसमुर भोलुण्टियर अवार्ड पाउने जगत थापा, सीता थापा, गोपाल थापा लगायतलाई सम्मान गरिएको थियो ।
अध्यक्ष दुतबहादुर पुनको अध्यक्षता र महासचिव बम सूर्यवंशी थापाको संचालनमा भएको औपचारिक कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर र मगर संघ युकेका सल्लाहकार रमेशसिंह सराङकोटीले मगरहरुको शैक्षिक स्थिति र छात्रवृत्ति कोष संचालनको विधिका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा छात्रवृत्ति कोषमा सहयोग गर्ने र घर खरिदमा सहयोग गरेका तर सम्मान ग्रहण गर्न बाँकी दाताहरुलाई सम्मान गरिएको थियो । सो सत्रको संचालन योग फगामीले गरेका थिए ।
साँस्कृतिक सचिव अनिता रानाले संचालन गरेको साँस्कृतिक कार्यक्रममा मनसुधन थापा, कुलेन्द्र विक, रमिला न्यौपाने, कुमारी गुरुङ, श्रीराम थापा, गणेश गुरुङ, लक्ष्मण राना लगायतले गीत प्रस्तुत गरेका थिए भने सविता राना लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त